समाचार

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य… पुरा पढौ

अङ्ग्रेजी शिक्षकहरुको सङ्गठन (NELTA) अधिवेशन सम्पन्न

बागलुङ । अङ्ग्रेजी शिक्षकहरुको सङ्गठन (NELTA) बागलुङको जिल्ला अधिवेशन बागलुङमा सम्पन्न भएको छ ।कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, क्याम्पसका अग्रेजी विभाग प्रमुख उपप्रध्यापक विजय राज पन्त, क्याम्पसका उपप्रध्यापक दिपेन्द्र जैसी, प्याब्सन बागलुङ नगर अध्यक्ष कृष्ण अधिकारी, नेल्टा गण्डकी प्रदेशका सचिव देव शर्मा, अध्यक्ष कमलराज लम्साल लगायतका बक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा इगलिस ल्याङवेज फेलोका अमेरिकी प्रतिनिधि आन्द्र परेज, मालिका माविका प्रधानाध्यापक वालकृष्ण सापकोटा, नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साललले कार्यपत्र प्रस्तुत गरेका… पुरा पढौ

परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १३ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभएकाे हाे । “देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उहाँले जनयुद्धका सहिद, बेपत्ता… पुरा पढौ

चन्द्रागिरिकाे सार्वजनिक सुनुवाइ

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे कार्यालयले आर्थिक बर्ष ०८०/०८१ काे प्रथम चाैमासीक सार्वजनिक सुनुवाइ गरिएको छ । चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालयलेचन्दन भराटेश्वर महादेव मन्दिरको प्रांगणमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नगरपालिकाले यस आर्थिक बर्षकाे ४ महिनामा गरेको गतिविधि वडा बासीलाइ सार्वजनिक गरिएको थियो । चन्द्रागिरि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  हेमराज अर्याल ,वडा अध्यक्ष सन्जय सिग्देल ,वडा सदस्य विवेक ढकाल ,वडा सदस्य लक्ष्मी थापा लगायतले धारणा राखेका थिए । वडामा ९६ सम्झौता ५४ प्रतिशत भएको १६ प्रतिशत… पुरा पढौ

ढाेरपाटनका नगर प्रमुख देवकुमार नेपालीलाइ पक्राउ गर्न रेड कर्नर नाेटिस जारी

बागलुङ र पोखराका इमेज सहकारीको अरवाै रकम अपचलन गरी जेठ ५ गतेदेखि फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ । मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा… पुरा पढौ

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार ललितपुरबाट पक्राउ देवकुमार नेपाली अझै फरार

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार ललितपुरको धोबीघाटबाट पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले हिडन खबर लाइ बताए । सहकारीका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना संचालकलाई खोजतलास गर्ने क्रममा सुनारलाई धोबीघाटबाट बिहीबार राति पक्राउ गरिएको हो । सुनारलाई अनुसन्धानको… पुरा पढौ

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिनु भएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो । निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिनुभयो ।“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका… पुरा पढौ

बागलुङको एक घरमा आगजनी गरि फरार अभियुक्त रुपन्देहीबाट पक्राउ

बागलुङ / बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीको एक घरमा आगजनी गरेर फरार भएका एक जना फरार रहेका ब्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका रमेशराज पाण्डेको घरमा आगो लगाइ फरार भएका बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी घर भई हाल बागलुङ नगरपालिका ३ गहते बस्ने  प्रेम बहादुर बिक (प्रतेल) लाई रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । आगलागीबाट… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका ३ उमेदवार विजयी

पोखरा — राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनदलका तर्फबाट तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए । महिलातर्फ… पुरा पढौ

स्वतन्त्र मेयर बालेन,हर्क र गोपालले गरे राष्ट्रिय सभाको निर्वाचन बहिस्कार गरे

काठमाडौं–स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार बनेर निर्वाचित भएका तीनजना मेयर गोपी हमाल,हर्क साम्पाङ र बालेन साहले राष्ट्रिय सभाको निर्वाचनमा मतदानलाई बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् । आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा मतदान गर्न गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको… पुरा पढौ