
बागलुङ / जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएकी दिलिसा भण्डारीकाे लागि छिटो छरितो न्याय दिलाउनकाे लागि जेठ ८ गते मंगलबार बागलुङ बन्दकाे लागि आह्वान गरेको छ ।
दिलिसा भण्डारी संघर्ष समिति गठन गरेर संघर्ष समितिका संयाेजक कृष्ण भण्डारी र सचिव हरि जिसीले विज्ञप्ति प्रकाशित गरि मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म बागलुङ बन्दकाे घाेषणा गरेका छन् ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० काे देवेन्द्र भण्डारी र सावित्री भण्डारीको छाेरी एवम् काँठेखाेला गाउँपालिका वडा नम्बर १ कि बुहारी दिलिसा भण्डारीको
जेठ १ गते हत्या गरि मृतका श्रीमान र सासु समेतले धाैलागिरि अस्पताल ल्याइ घटना रहस्यमय बनाएको भनेर प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी भइ कार्वाही अगाडि बढिरहेको भएपनि न्याय निरूपण छिटो छरितोका लागि निरन्तर दवाब र धर्ना दिनको लागि ५१ सदस्यीय संघर्ष समिति गठन गरि बिभिन्न सदस्यहरूकाे कार्यबिभाजन गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा ११ कक्षामा अध्ययनरत भण्डारीको रहस्यमय ढंगले मृत्युु भएको भन्दै बागलुङ सदरमुकाममा दिनहुँ घटनाको निष्पक्ष छानबिन गरि दाेषीहरूलाइ कानूनी कार्वाहीकाे माग गर्दै आन्दोलन भइरहेको छ ।
