समाचार

क्रान्तिकारी कम्युनिस्ट एकभएर जानुपर्ने प्रचण्डको भनाइ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका कम्युनिस्ट नेता माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । माओको जन्म दिवसका अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले माओबाट प्रेरणा लिँदै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेकोमा जोड दिएका हुन् । ‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं ।… पुरा पढौ

नेकपा एमालेका नेता भीम रावल सदस्यबाट निष्काशित

काठमाडौं पुस १० नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले सो पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ । यसैगरी बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । आजको बैठकमा शुरुमा यी दुईलाई एक-एक तह घटुवा गर्ने प्रस्ताव थियो । तर, अन्तिममा निलम्बन गर्ने निर्णय गरिएको हो । काठमाडौं कीर्तिपुरको मैत्री नगरमा भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमाले मुख्यालय बन्न लागेको विषयमा प्रतिक्रिया… पुरा पढौ

नेपालसँगै विश्वभर ‘लाज शरणम्’

काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र 'लाज शरणम्'को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ । शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण… पुरा पढौ

धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा माआ‌ेवादी अध्यक्ष प्रचण्ड शुभकामना

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाइ धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ । राज्यको यही धर्म निरपेक्ष नीति… पुरा पढौ

घर दैलोमै वित्तीय सेवा पु¥यान सहकारीको महत्वपुर्ण भूमिका छ पौडेल

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेकमा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋृण लगेका केही व्यक्तिको अराजकताले अर्थ प्रणालीमा समस्या आएकोले जनताको रकम सुरक्षण गर्न राज्य अगाडि आउनु पर्ने बताउनु भएको छ । वित्तीय क्षेत्रबाट लगेको पैसा तिर्दिन भन्ने हल्लाको कारण नेपालका केही सहकारीमा समस्या आएकोले सहकारीहरुमा आम नागरिकको बचतको पैसा भएकोले छुट कसैलाई नहुने बताउनु भयो । संघीय सांसद तथा… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता

काठमाडौं ।पुस ८ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको… पुरा पढौ

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनभयो । आज सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो– ‘अहिले क्रिकेटमा देशभरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाट प्रधानमन्त्री… पुरा पढौ

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनभयो । आज सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो– ‘अहिले क्रिकेटमा देशभरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाट प्रधानमन्त्री… पुरा पढौ

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै

पुस ८काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ । उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै त्यहाँ पुग्नुभएका उहाँले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ । स्वास्थ्य परीक्षणका लागि नै उहाँ नयाँ दिल्ली जानुभएकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन… पुरा पढौ

दयाहाङ राई अभिनित चलचित्र कार्साङ’ पुस २६ गते आउने

काठमाडौं । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ । हरेक महिना मात्रै होइन एकै दिन दयाहाङ अभिनीत दुईवटा चलचित्र पनि रिलिज भए । त्यो पनि एक पटक होइन दुई÷दुई पटक । तर, यो पटक भने उनी निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो सिनेमा रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६… पुरा पढौ