समाचार

नेपाल संवत् ११४५ काे अवसरमा माेटर साईकल -याली

बागलुङ  कात्तिक १६ नेपाली मौलिक संवत् नेपाल संवत ११४५ को अवसरमा गण्डकी प्रदेशको बागलुङमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्‍याली निकालिएको छ । बागलुङमा  क्रियाशील नेपाल भाषा मंका :खल बागलुङ जेसिज ,नेवाः ल्याम्ह  पुच र नेवाः मिसा खल दबु  ज्ञानाेदय बुद्व बिहार शंखधर बहुउद्देश्यीय सहकारी संस्थाकाे संयुक्त आयोजनामा बागलुङमा शुक्रबार बिहान शुभकामना आदानप्रदान र मोटरसाइकल र्‍याली निकालिएको हो । स्थानीय लाेकतान्त्रिक चोकबाट सुरु भएको र्‍याली बागलुङको विभिन्न चोकहरु बजार परिक्रमापछि  पुगेर समापन भएको थियो । नेपाल भाषा मंका :खलका अध्यक्ष जयराम भारीले… पुरा पढौ

तिहार लगायत पर्वकाे अवसरमा पुर्व प्रधानमन्त्री दाहालको शुभकामना

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताका महान् पर्व तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ । यी चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन् । विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो । सबै जाति,… पुरा पढौ

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर… पुरा पढौ

मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त

बागलुङ / गण्डकी प्रदेशको धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त भएका छन् मंगलवारदेखि तिवारीले पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले नियुक्ती पत्र प्रदान गर्दै स्वागत समेत गरेका हुन् । मन्त्रीपरिषद पोखराको कात्तिक १३ गतेको पत्र बुझेपछि तिवारीले अस्पतालको नेतृत्व संहालेका छन् । पदभार ग्रहण गरेका तिवारीले जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्ने बताए । उनले अस्पताललाई चुस्त… पुरा पढौ

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार… पुरा पढौ

नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

काठमाडौं, १४ कात्तिक। आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो । कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिदैछ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ । आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र… पुरा पढौ

रिता केसीकाे अल्झियाे बाबा पछ्याैरी मेराे बजारमा

केपि कुमार जलन जब चाडपर्व आउछ अनि एउटा चेलीलाई त्यही माईती घरकाे आगनी कति प्याराे हुन्छ भन्ने एक सन्देश मुलकगीत गायिका रिता केसी र नृप ध्वज खड्काकाे बजारमा सार्वजानीक भएकाे छ । जब पराई घर गएकी नारीलाइ माईतिकाे आगनी त्यही माथि बाबा आमाकाे माया माईतिघरकाे चिनाे चाेली फरिया, नजिकिदै गरेकाे तिहार अनि दाइ आउने बेग्र प्रतिक्षामा बसेकी बहिनीले उनेका माला यसै सुकि जाने हाे कि भन्ने चिन्ता एउटा नारीले अाफ्नाे माईति घरप्रति दर्शाएकाे अगाध मायालाई व्याक्त गरिएकाे छ। मनाेहर सुनामकाे… पुरा पढौ

पुर्व गृहमन्त्री लामिछाने माथि दुर्ववहार नगरेको कास्की प्रहरीको जानकारी

कास्की / जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धानकाे क्रममा प्रहरी दुर्ववहार गरेको भनी बाहिर आएको खबर कपाेलकल्पित भएको भनी प्रहरी बिज्ञप्ती जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले केही दिन यता विभिन्न सामाजिक संजालहरूमा अनुसन्धानका क्रममा रहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेलाइ सहकारी ठगी ,संगठित अपराध ,तथा सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दामा कार्तिक ८ गते म्याद थप गर्न सम्मानित जिल्ला अदालतमा उपस्थित गराउदा नेपाल… पुरा पढौ

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ ,कार्तिक ११बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले जबर्जस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादी लाई पक्राउ गरेको छ । सम्मानित सर्वोच्च अदालतकाे मिति २०७८ साल फागुन १८ गतेकाे फैसला आदेशले जबर्जस्ती करणी उद्योग मुद्दामा ३ बर्ष ६ महिना कैद सजाय ताेकिएकाेमा ३ बर्ष ५ महिना कैदसजाय भुक्तानी गर्न बाकी रहि अहिलेसम्म फरार रहेका बागलुङ जिल्ला जैमुनी नगरपालिका ७ का रूद्र नाथ आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । फरार प्रतिवादी आचार्यलाई कार्तिक १० गते शनिबार छिस्ति… पुरा पढौ

फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं । बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को 'दाइ दाइ नभन मलाई'बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ । धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् । विवाहको सेटअपमा तयार परिएको 'दाइ दाइ नभन' रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीत रहेको छ… पुरा पढौ