
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
बढुवा सिफारिसमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको नाम समावेश गरिएको छ।
सिफारिस गरिएका डिआइजीमध्ये:
चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), लाजिम्पाटमा,
लालमणि आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा,
कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा,
दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा,
राजन अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा र
डा. मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत छन्।
गृह मन्त्रालयले सिफारिस गरिएको सूचीलाई आवश्यक प्रक्रिया पूरा गरी अन्तिम निर्णयका लागि अगाडि बढाउने तयारी गरेको छ।

