बागलुङमा लुटपाट गर्ने युवा पक्राउ

-


     हिडन खबर    
     वैशाख ३ गते २०८२ मा प्रकाशित


बागलुङ, वैशाख ४
जिल्ला प्रहरी कार्यालय बागलुङले जैमुनी नगरपालिका–१ शिवपुरीस्थित एकान्त स्थानमा नगद लुटपाट गर्ने एक युवालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जैमुनी नगरपालिका–२ की माया सापकोटा कुश्मीशेरा बजारतर्फ जाँदै गर्दा उनी पानी खान रोकिएको अवस्थामा सोही नगरपालिका–२ का २२ वर्षीय सुवास सार्कीले सापकोटाको साथमा रहेको नगद ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए।

घटनापछि तत्काल परिचालन गरिएको प्रहरी टोलीले मालढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा लुटिएको नगद ३५ हजार रुपैयाँसहित अभियुक्त सार्कीलाई पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार पक्राउ परेका सार्कीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको यादवले जानकारी दिनुभयो।