
नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै गएको छ। लोपोन्मुख यस सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण अभियानमा जुटिरहेका छन्। यसै क्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरूले पनि पञ्चेबाजा गीतमार्फत सांस्कृतिक जगेर्नामा हातेमालो गरिरहेका छन्।
यस्तै एक प्रयास स्वरूप गायिका रेजिना परियार र गायक हरिराम परियारको स्वरमा रहेको ‘दरौँदी खोला’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरिएको छ।
वैशाख महिनाको विवाहको सिजनलाई लक्षित गर्दै गीत तयार पारिएको हो। गीतका शब्द हरिराम परियारले लेखेका हुन् भने संगीत रबिन लामिछानेले भरेका छन्।
भिडियोमा सुमन परियार र सञ्चिता वोलाखेको दमदार नृत्य देख्न सकिन्छ। दीप गुरुङको निर्देशन, विजय लामाको छायांकन र पदम सुवेदीको सम्पादनमा तयार पारिएको भिडियो हरिराम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।