समाचार

नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा अध्यक्ष प्रचण्डको सम्बोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्ता (Gen Z) र राष्ट्रलाई सम्बोधन गर्दै युवाहरूलाई स्वतन्त्र चिन्तन र परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्। प्रचण्डले आफ्नो सम्बोधनमा आफू केवल एक नेताको रूपमा नभई एक बाबु, एक योद्धा र देशको माटोमा रगत–पसिना मिसाएको साधारण नागरिकको रूपमा प्रस्तुत भएको बताए। उनले विगतका संघर्ष र बलिदानलाई स्मरण गर्दै हजारौँ शहीदहरूको सपना पूरा गर्ने जिम्मेवारी अझै बाँकी रहेको स्पष्ट पारे। उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका लागि युवाहरूले उठाएका… पुरा पढौ

पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

मधेस प्रदेशका वरिष्ठ पत्रकार तथा विजयपथ डट कम का प्रधान सम्पादक विजय कुसवाह माघ १७ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ। नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका कुसवाहलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले स्वागत गरेका छन्। पुरा पढौ

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा… पुरा पढौ

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स बुकिङ खुला

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ। ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो। गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। प्रेम र सम्बन्धलाई केन्द्रमा राखिएको यस गीतमा ‘माया’ शब्द बुझ्न कति कठिन हुन्छ भन्ने भाव व्यक्त गरिएको छ। प्रेम, विश्वास र त्यसमा हुने घातलाई गीतमा सुन्न सकिन्छ। गीतको भिडियोमा मुख्य कलाकार अर्पण थापा र बेनिशा हमालको अभिनय रहेको छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई… पुरा पढौ

उत्कृष्ट प्रतिक्रिया पाएको ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत रिलिज भएको यस चलचित्रले बिहीबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।  बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा तयार गरिएको हो। प्रिमियरमा उपस्थित दर्शक तथा समीक्षकहरूले यसलाई फरक स्वाद बोकेको नेपाली चलचित्रका रूपमा मूल्यांकन गरेका छन्।  दर्शकहरूले चलचित्रको पार्श्वसंगीतले थ्रिलरको माहोल अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिएका छन्। एउटै ढाँचाका चलचित्र हेरेर वाक्क भएका दर्शकका लागि ‘द ब्ल्यू लाइट’ले नयाँपन दिने विश्वास प्रिमियरमा देखिएको… पुरा पढौ

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवस : पत्रकार तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण

बागलुङ ,माघ १५प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पत्रकार तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले नागरिकलाई सुसूचित गर्ने दायित्वबाट पछि हट्न नहुने उल्लेख गर्नुभयो। उहाँले नेपालका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको प्रेस जगत आफ्नो भूमिकाबाट विचलित हुन नहुने धारणा व्यक्त गर्नुभयो। थापाले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी समुदायसँग जोडिने काम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जीवि कुमार श्रेष्ठ,… पुरा पढौ

चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक, कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

काठमाडौं । आगामी फागुन १ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रमा विश्वप्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वरमा ‘शिव ताण्डव स्तोत्रम्’ समावेश गरिएको निर्माणपक्षले जनाएको छ। पोस्टरमा मुख्य पात्रहरू प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुसा न्यौपाने र विकास जोशीलाई रौद्र तथा तनावपूर्ण मुद्रामा देखाइएको छ। श्यामस्वेत पृष्ठभूमिमा चक्र र आगोको प्रयोगले पात्रहरूको संघर्षपूर्ण जीवनलाई संकेत गरेको छ। महाशिवरात्रिको अवसर पारेर रिलिज हुने ‘शिवांश’बारे गायक खेरले विशेष भिडियो सन्देश जारी गर्दै नेपाल–भारत मैत्री सम्बन्ध… पुरा पढौ

आयुर्वेद र आधुनिक चिकित्सा पद्धति सँगै लैजान आवश्यक: स्वास्थ्य मन्त्री पाठक

बागलुङ, माघ १४ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आयुर्वेद र आधुनिक चिकित्सा पद्धति सँगै लैजान आवश्यक रहेको बताएका छन्। धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको नयाँ व्यवस्थापन समितिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री पाठकले यस्तो धारणा व्यक्त गरेका हुन्। नेपालका सात प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अग्रपंक्तिमा रहेको उल्लेख गर्दै उनले गण्डकी आयुर्वेद तथा धौलागिरी आयुर्वेद अस्पतालमा अन्तरंग सेवा पनि सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले आयुर्वेद अस्पतालको सेवा गुणस्तर अभिवृद्धि, सेवाग्राही सन्तुष्टि, सुशासन प्रवर्द्धन तथा… पुरा पढौ

अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

काठमाडौं । रंगमञ्च र चलचित्रमा जीवन्त अभिनयले दर्शकको मन जितेका अभिनेता विजय बराल अब गायनमा डेब्यु गरेका छन्। उनले ‘विधिको शासन’ बोलको गीतमार्फत नयाँ यात्रा सुरु गरेका हुन्। शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीतमा तयार गीतले देशको राजनीतिक विसंगति र ‘जेनजी आन्दोलन’ले उठाएका मुद्दा उजागर गरेको छ। गीतले विकास र समृद्धिका लागि विधिको शासन अपरिहार्य हुने सन्देश दिन्छ। बराल भन्छन्, “यो मेरो पहिलो गीत हो। गायक नभए पनि साथीहरूको हौसला र विश्वासले प्रयास गरेको हुँ।” उनले थपे, “यो व्यक्तिगत… पुरा पढौ

चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्मको रूपमा अनुमान गरेका थिए… पुरा पढौ