समाचार

श्री मुक्तिनाथ वेदविद्याश्रमलाई खानेपानी डिस्पेन्सर मेसिन हस्तान्तरण

बागलुङ, माघ २७ समाजमा सामाजिक उत्तरदायित्वसहितको भूमिका निर्वाह गर्ने उद्देश्यले गठन भएका सामाजिक संस्था अन्तर्राष्ट्रिय बिहुँकोट मञ्च र हाम्रो दृष्टि राम्रो दृष्टि जापानले बागलुङको एक शैक्षिक संस्थालाई शुद्ध खानेपानीका लागि वाटर डिस्पेन्सर मेसिन सहयोग गरेका छन्। बागलुङ नगरपालिका–४, कुडुलेमा अवस्थित श्री मुक्तिनाथ वेदविद्याश्रममा संस्कृत विषय अध्ययनरत बटुक, शिक्षक तथा सालग्राम संग्रहालय अवलोकनका लागि आउने भक्तजनलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। संस्थाहरूले गरेको सहयोगले बिद्यालय अध्ययनरत बिद्यार्थी शिक्षक र बिद्यालयमा सालग्राम संग्रहालय… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लेखनाथ, २६ माघ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूका लागि आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ। तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले यस्ता तालिममार्फत व्यवसायीहरूले जीवनभर उपयोगी हुने ज्ञान हासिल गर्न सक्ने र त्यसले व्यवसायिक जीवनमा सफलता प्राप्त गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले व्यवसायिक जीवनमा कसैले प्रश्न उठाउन नसक्ने स्वाभिमानी जीवनयापनका लागि विभिन्न प्रकारका करसम्बन्धी जानकारी अनिवार्य रहेको उल्लेख गर्दै कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पार्नुभयो। नियतवश कर छल्ने कार्य… पुरा पढौ

बागलुङमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास सम्पन्न

बागलुङ, माघ २६ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बन्दै गएका छन्। प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने उद्देश्यले संयुक्त नमुना मतदान केन्द्रको अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म तथा जिल्लास्थित चारवटै सुरक्षा निकायको संयुक्त सहभागितामा बागलुङको खेल मैदानमा उक्त अभ्यास सम्पन्न गरिएको थियो। सो अभ्यास आगामी फागुन २१ गते… पुरा पढौ

बजारमा अण्डाको मूल्य घट्यो

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डा (३० वटा प्रति क्रेट) को मूल्य ३७५ रुपैयाँ र मझौला अण्डाको मूल्य ३३५ रुपैयाँ तोकिएको छ। संघका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नुका साथै भारतबाट ठूलो परिमाणमा आयात भइरहेकाले बजारमा आपूर्ति बढ्दा मूल्य घटेको हो। केही महिनाअघि अण्डाको मूल्य उच्च रहेको थियो। मंसिर महिनामा ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घट्दै… पुरा पढौ

गुठी संस्थानका अध्यक्ष रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्वागत

बागलुङ माघ २६ गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष श्री रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमका बीच स्वागत कालिका भगवती मन्दिर मायाको चिनाे स्वरूप प्रदान गरिएको थियोे । कालीका भगवती मन्दिरको दर्शनको लागि बागलुङ आउनुभएका गुठी संस्थानका अध्यक्ष पाेखरेललाई मन्दिर परिसरमा स्वागत गरिएको थियोे । स्वागत कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिव सचिन खड्का लगायतका पदाधिकारी, सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समितिले आगामी दिनमा गुठी व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक आस्था र सांस्कृतिक… पुरा पढौ

आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस प्रदेश (क) जुट्यो

प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश सभा (क) ले समन्वय तथा परिचालन समिति गठन गरेको छ। नेपाली काँग्रेस क्षेत्र नं. १ (क) का अध्यक्ष हरीबहादुर जिसी ‘सन्तोष’ को अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन विभिन्न तहसम्म पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश सभा (क) का अध्यक्ष हरीबहादुर जिसीका अनुसार क्षेत्र, नगर, पालिका तथा वडा तहसम्म पार्टीका कार्यकर्तालाई… पुरा पढौ

जेन्जीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन्, हामी नै गर्छौं : प्रचण्ड

संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन्। संयोजकसँगको भेटमा उनीहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले जेन्जीका मुद्दाहरूलाई घोषणापत्रमा समावेश गर्नुपर्ने माग राखेका छन्। साथै, पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जेन्जी संयुक्त आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिस्ट पार्टीकै मुद्दा भएको स्पष्ट पारे। उनले भने, “२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं। पुरा पढौ

‘शिवांश : च्याप्टर १’ को ट्रेलर

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ।  अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक गतिविधि समेटिएको छ। जोगीको भेषमा कतिपय व्यक्ति कसरी अपराधमा संलग्न हुन्छन् भन्ने विषयलाई ट्रेलरले देखाएको छ।  बाहिरबाट हेर्दा सांसारिक मोह त्यागेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि भित्रको क्रुर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ भन्ने कुरा ट्रेलरले स्पष्ट पारेको छ। जोगीको… पुरा पढौ

बागलुङमा ११५ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत ११५ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा सञ्चालन गरिएको विशेष अभियानमार्फत उक्त संख्यामा भरुवा बन्दुक बरामद गरेको हो। वनजंगलमा हुने चोरी–सिकारीलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। इजाजतपत्र बिना लुकाइ–छिपाइ राखिएका भरुवा बन्दुक संकलन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बरामद भएका अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका… पुरा पढौ

४० वर्षको निरन्तर संघर्षपछि राम पल्टन शाह प्रतिनिधिसभा उम्मेदवार

धनुषा माघ २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम पल्टन शाहको उम्मेदवारीलाई पार्टीभित्र मात्र होइन, बाहिर पनि व्यापक सकारात्मक रूपमा हेरिएको छ। करिब चार दशकसम्म राजनीति र सामाजिक सेवामा निरन्तर समर्पित रहनु भएका शाह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको हो, जुन उहाँको दीर्घ सार्वजनिक यात्राको महत्वपूर्ण उपलब्धि मानिन्छ। विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा संगठन निर्माण, लोकतन्त्रको संरक्षण तथा जनअधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै अघि बढेको देखिन्छ। कठिन… पुरा पढौ