हिन्दूहरुको महान् पर्व शिवरात्रिका अवसरमा बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनु भयो ।शिवजीको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक…
पुरा पढौ