
बागलुङ /समाजमा सामाजिक शैक्षिक र मानवीय सेवा गर्ने उदेश्यका साथ गठन भएको मालीका सेवा समाज बागलुङले स्थापनाकाे छाेटाे समयमा समाजमा सामाजिक क्रियाकलाप गरेर आफुलाइ स्थापित गर्न सफल भएको छ ।
मालिका सेवा समाजले बागलुङ नगरपालिका ५ बान्द्रेकाे श्रीकृष्ण आधारभूत बिद्यालय प्रांगणमा आफ्नो छैठौं साधारणसभा भब्य रूपमा गरेकाे छ ।
समाजले आफ्नो साधारणसभाकाे अवसरमा समाजको आजीवन सदस्यहरूलाइ प्रमाणपत्र ,समाजमा याेगदान पुर्याएका ब्यक्तिहरूलाइ सम्मान पत्र अबिर खादा सहित सम्मान गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद इन्द्रलाल सापकोटा ,मालीका गाउँ पन्चायतका पुर्व प्रधानपन्च कृष्णराज शर्मा , नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा रेग्मी ,मालीका सेवा समाजका निर्वतमान अध्यक्ष दुर्गा बहादुर कुवर ,मालीका सेवा समाजका सह संरक्षक सिता सापकोटा ,सल्लाहकार भीमबहादुर केसी ,नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा ,श्रीकृष्ण आधारभूत बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा गण्डकी धाैलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसी ,लगायतका बक्ताहरूले समाजले आफ्नो स्थापनाकाे छाेटाे अवधिमा स्थानीय तहले गर्ने काम गरेर उदाहरणीय बन्दै गएको हुदा यसलाई अझै मजबुत बनाउन जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रममा समाजले एक आर्थिक बर्षमा गरेको प्रगति प्रतिवेदन समाजका सचिव खडानन्द सापकोटाले आर्थिक प्रतिवेदन काेषाध्यक्ष प्रकाश केसीले गरेको कार्यक्रममा समाजका उपाध्यक्ष तेजबहादुर कुवर सन्ताेषकाे स्वागत र अध्यक्ष जीवन नाथ शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाजले जेष्ठ नागरिक सम्मान चाैरासी पुजा सम्पन्न गरिसकेका जेष्ठ,अपांग भएका नागरिकलाई सम्मान र सहयोग शैक्षिक सामाग्री वितरण ,स्टेचर वितरण लगायतका काम गरेको प्रतिवेदन मार्फत जानकारी गराइएको थियो ।




















