समाचार

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

विराटनगर, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज विहान रंगशालाको अनुगमन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो । पहिले यो… पुरा पढौ

दुर्घटना न्युनीकरण गर्न ट्राफिक सचेतता

बागलुङ। लायन्स क्लब अफ धौलागिरि बागलुङले दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसँगको सहकार्यमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बागलुङ नगरपालिका-४ कुँडुेलेस्थित कुँडुले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सम्बन्धी जानकारी दिएको हो । विद्यालयका कक्षा दश, एघार र बाह्रका ६० जना विद्यार्थीहरुलाई ट्राफिक नियम, सडकमा यात्रा पालना गर्नु पर्ने नियमहरु, दुर्घटनाका कारणहरु, सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरु… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ। चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू… पुरा पढौ

बिपक्षी दलको बैठक प्रचण्डको कार्यकक्षमा

माघ ४ काठमाडौं, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । यो बैठकपछि ल्होत्से हल, संसद भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन हुँदैछ। सरकारले हालै ल्याएको अध्यादेश लगायतका बिषयमा छलफल गरेर नयाँ ढंगले अगाडि बढ्ने बिषयमा छलफल केन्द्रीकृत रहेको माआ‌ेवादीले जनाएको छ । पुरा पढौ

मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नु

काठमाडौं माघ ३परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो दिर्नेशन दिनुभएको हो । उहाँले भन्नुभयो “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक बृद्धिका लागि सहयोग पुर्याउने गरी कुनैपनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक… पुरा पढौ

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन, ३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´ उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले… पुरा पढौ

कालीका भगवती मन्दिरको पुस महिनाको आम्दानी २४ लाख ३३ हजार ४ सय १६

बागलुङ माघ ३ बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत पुस महिनाको आर्थिक हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा पुस महिनामा कुल आम्दानी २४ लाख ३३ हजार ४ सय १६ रूपैयाँ भएकोमा खर्च १३ लाख ५४ हजार ४५ रूपैयाँ भइ १० लाख ७९ हजार ३ सय ७१ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब… पुरा पढौ

न्यायालयको मर्यादामाथि आक्रमण: मानव अधिकार एलाइन्स बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाले मानव अधिकार एलाइन्स, वागमती प्रदेशको गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई न्यायालयको मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्ने कार्यको रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा भनिएको छ कि वरिष्ठ अधिवक्ता त्रिपाठी थुनछेक बहसमा संलग्न भई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो। तर, अदालत परिसरबाट निस्कने क्रममा केही व्यक्तिहरूले उहाँमाथि हातपात, लछारपछार, र कुटपिटजस्ता अमानवीय व्यवहार गरेका छन्। यो घटनाले कानुन व्यवसायीहरूको सम्मान र… पुरा पढौ

पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ प्रदान, अध्यक्षमा शिव सर्वम्मत

दुलेगौंडा, २ माघ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ श्निवार प्रदान गरिएको छ । रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैठाै अधिवेशनसँगै शुनपा– ९ स्थित सुरौदी दोभानमा शनिवार आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौंका प्रबन्ध निर्देशक गोविन्द खडका, रेडियोका संस्थापक अध्यक्ष एवम् छनौट समितिका संयोजक, अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले उनीहरुलाई सम्मान गरे । साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी) पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई… पुरा पढौ

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

पोखरा, २ माघ  । हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा  हाइकर्स क्लबको भूमिका महत्वपुर्ण  हुने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि… पुरा पढौ