हिड्नखबर डट्कम बाँके, जेठ १५ — बाँकेको नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा पर्ने खतरा बढ्दै गएको भन्दै सचेत रहन आह्वान गर्नुभयो। अध्यक्ष शाहले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशी मूल्यहरू ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यिनको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रबिनाको गणतन्त्र सार्थक हुँदैन, र गणतन्त्रबिनाको लोकतन्त्रमा जनताको सार्वभौमसत्ता सुनिश्चित हुँदैन।” उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास…
पुरा पढौ