समाचार

कान्तिपुर सिनेमाजमा नेपाली फिक्सनइन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज

काठमाडौं । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ ।एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा ‘नेपाली फिक्सन’ले… पुरा पढौ

बागलुङको आदर्श बिद्यामन्दिरमा स्मार्ट टिभी मार्फत प्राविधिकमैत्री शिक्षा

बागलुङ सदरमुकाममा रहेको एक निजी बिद्यालयले बिद्यार्थीलाइ बिद्यालयमा समय अनुसार जिल्लामै पहिलोपटक प्रविधिमैत्री स्मार्ट टिभीबाट पठनपाठनको शुरू गरेकाे छ । पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारीधनप्रसाद पाेखरेलले प्रविधिम‌ैत्री स्मार्ट टिभीकाे उद्घाटन गर्दैप्रविधिमैत्री प्ले ग्रुपदेखि कक्षा १२ सम्म स्मार्ट टिभीबाट पठनपाठनको शुरू हुन सकारात्मक भएको यसले बिद्यार्थीमा पढ्नकाे लागि राम्रो वातावरण सृजना गर्ने बताउनु भयो ।अव हाम्रो शिक्षा प्रविधिमैत्री मात्र बनाएर नपुग्ने हुदा ब्यवहारिक बनाउन जरुरी भएको पाेखरेलले बताउनुभयो । हामीले बिद्यार्थीलाइ नैतिक शिक्षा दिएर समाजमा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गर्नुभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको… पुरा पढौ

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताउनुभएको छ । विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गर्नुभयो । “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।… पुरा पढौ

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट… पुरा पढौ

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन… पुरा पढौ

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५… पुरा पढौ

लाेक दाेहाेरी प्रतिष्ठान कास्कीले मनायाे २३ आ‌ैं राष्ट्रिय लाेक दाेहाेरी दिबस

कास्की / राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फाल्गुण २९ लाई राष्ट्रिय लोकदोहोरी दिवस मनाएकाे छ । विभिन्न जिल्लाहरूमा बिबिध कार्यक्रम साथ मनाउदै गर्दा लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीले बिबिध कार्यक्रम सहित लाेक दाेहाेरी स्थापना दिबस मनायकाे हाे । प्रतिष्ठानकाे कार्यालयमा पुर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुलीकाे प्रमुख अातिथ्यतामा शुभकामन आदानप्रदान एवम् सम्मानकार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवस कै अवसरमा प्रतिष्ठानले विभिन्न ब्याक्तित्वहरू लाई सम्मान गरेकाे थियो सम्मानित हुनेहरूमा कास्की प्रतिष्ठानका पुर्ब अध्यक्ष तारापती सुबेदी, पदम गुरुङ, जिबन दाहाल,… पुरा पढौ

मेयर बालेन ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

काठमाडौं । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फगुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन्… पुरा पढौ

पाँच राजनीतिदल बिच भयो ७ बुँदे सहमति

काठमाडौ / सत्तारूढ नेकपा एमाले ,माआ‌ेवादी केन्द्र नेकपा एकीकृत समाजवादी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,जनता समाजवादी पार्टी बिच फेरि ७ बुँदे लिखित सहमति भएको छ । एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली ,नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ,जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार लिखित ७ बुँदे सहमति गरेका हुन् । त्यसैगरी भोलि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान… पुरा पढौ