
बागलुङ / सामाजिक विकास कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर स्थित तेक्वान्दो संघको हलमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदी, प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख कृष्णहरि आचार्य, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, शितोरियो कराते प्रशिक्षक द्वय कृष्ण प्रसाद कंडेल र महेन्द्र खड्का लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम दिइएको हाे ।
किशोरीहरु माथी हुन सक्ने विभिन्न खालका हिंसाजन्य कार्यहरुको न्यूनिकरण गर्नका लागि जीवनोपयोगी स्वास्थ्य र शारिरीक अभ्यास मार्फत माध्यामिक तहमा अध्ययनरत ४० जना किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम कार्यक्रम असार २० गतेदेखि २२ गते सम्म संचालन भएको थियो । तालिम कार्यक्रमको आयोजक सामाजिक बिकाश कार्यालय बागलुङ तथा प्रशिक्षक सहजीकरण शितोरियो कराते संघ बागलुङ र जिल्ला प्रहरीले कार्यालय बागलुङले गरेकोथियो।नगर शिक्षा प्रमुख धन प्रशाद पोखरेलले किसोरि हरुलाई उतप्रेण सम्बन्धि बिशेस कक्षा दिनुभएकाे थियो ।













