
नेपाली सेनाको नं।२३ वाहिनी अड्डा बागलुङको आयोजनामा पर्वतको मोदी गाउँपालीका २ वेतनीमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न भएको छ ।
नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङ श्रीमेहर गण सहितका विभिन्न गणले पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका हुन। नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न १० प्रकारका अभ्यास गराएको हो ।
पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा आयोजित कार्यक्रममा सेनाले बाढी पहिरो, आगलागी, विद्युत सर्ट, नदी तालमा डुबेकाको उद्दार, सवारी दुर्घटना लगायतका गतिविधिमा सेनाले खेल्ने भूमिकाबारे अभ्यास गरिएको थियो।
घटना अभ्यासमा झरीले खोलानाला बढीरहेको बेला पर्वतको मोदीखोलामा बाढी आएर घरहरु बगाएको र त्यसबाट स्थानीय बासिन्दा खोलामा बगेको, पानीमा डुबेको घटनालाई उद्दारको रुपमा देखाइएको थियो । केही मानिस मोदी खोला जलविद्युत आयोजनाको ड्यामको तालमा फसेकोले बचाउ बचाउ भन्दै कराएको आवाज र हारगुहार आएपछि गाउँलेहरु छिमेकीको उद्दारमा खटिएका थिए । उद्दारका सामाग्री नभएर ढीला भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले आफ्नो जनशक्तीसहित सेनालाई पनि जानकारी गराएको थियो । उक्त जानकारी पछि सेना, सशष्त्र र प्रहरीले स्थानीसँग मिलेर बाढी पहिरोको उद्दार गरेको थियो ।
यी सबै घटना कृतिम थिए । तर सातादेखि लगातार वर्षातले बाढी र पहिरो चलिरहेको बेला सेनाले विपतमा गरिने खोजी र उद्दारको कृतिम अभ्यास गराएको थियो । सेनाको कृतिम घटना अभ्यास अवलोकन गर्न गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल सहितका प्रहरी र सशष्त्र बलका प्रदेश प्रमुख सहभागी थिए । घटनामा मोदी गाउँपालिकासहित आसपासका बासिन्दाले घाइते, पीडित लगायतको अभ्यासमा सहभागी भएको सह सेनानी कपिल पोखरेलले जानकारी दिनु भयो ।
यी सबै घटनामा स्थानीयले गर्ने खोजी उद्दार लगायतका काममा सर्तकता अपनाउने तरिका, सेना, प्रहरी र सशष्त्र बलको साथ लिएर काम गर्नुपर्ने र दैवि प्रकोपमा घटनामा अपनाउनुपर्ने संयमबारे जानकारी दिन कृतिम अभ्यास गराइएको पृतनापति पौडेलले बताउनु भयो । यो विपतको मौषम भएकोले यतिबेला हुने जुनसुकै घटनामा सबै मिलेर काम गरेमात्र समाजका नागरिक सुरक्षित हुने पौडेलले बताउनु भयो । विपत कसैको पनि नियन्त्रणमा नहुने भन्दै संयमित भएर काम गरे धनजनको क्षतिबाट बचाउन सकिने बताउनु भयो।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले दैविप्रकोप उद्दारका लागि चाहिने सामाग्री, रेस्क्युका लागि दक्ष जनशक्ती उत्पादन र राहतमा गण्डकी प्रदेश सरकारले दैविप्रकोप उद्दार समितिमार्फत सहयोग गर्ने प्रतिवबता समेत जनाउनु भयो ।
कार्यक्रममा पर्वतका प्रजिअ केदारनाथ पौडेल र मोदी गाउँपालिकाकी प्रमुख हिरादेवी शर्मा लगाएतले पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विगतमा घटेका घटनाहरुको अध्ययन तथा विश्लेषण गरी विपद सचेतनता अभिवृद्धि, एवं जोखिम न्यूनिकरणको लागि वाहिनी अड्डा अन्तर्गत रहेको युनिटहरुको साथै अन्य सुरक्षा अंगहरु तथा सरोकारवाला निकायहरुको सहभागीतामा प्रदेशस्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सञ्चालन गरिएको नेपाली सेनाको नं २३ वाहिनी अड्डा बागलुङका वाहिनिपति सहायक रथी जगत बहादुर पौडेलले जानकारी दिनु भयो ।
















