बागलुङको गलकोटमा एक पुरुष मृत फेला 

-


     हिडन खबर    
     असार २३ गते २०८१ मा प्रकाशित



बागलुङ ,असार २२ बागलुङको गलकोट नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । 

गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका ५४ वर्षिय धन बहादुर बोहोराको शव आज १२ः४५ बजे मृत अवस्थामा फेला परेको हो । 

गलकोट नगरपालिका वडा नम्वर ३ को छहरेखोलामा मृतक बोहोराको शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । 

स्थानियले छहरेखोलामा बोहोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।