बागलुङको पञ्‍चकोट प्रहरी चाैकी पहिरोले क्षती

-


     हिडन खबर    
     असार २३ गते २०८१ मा प्रकाशित


बागलुङ असार २२

बागलुङ बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्‍चकोट स्थित प्रहरी चाैकी पञ्‍चकोट माथी रहेको पञ्‍चकोटधाम मन्दिर जाने बाटो (सिंडी) मा लगाएको पर्खाल अविरल वर्षाको पहिरो गई भत्किन जाँदा प्रहरी चाैकिकाे ४ कोठे कच्ची भवनको ३ वटा कोठाहरु पुरिईन गई  क्षती हुन पुगेको छ  ।

चौकीमा कार्यरत प्रहरीहरु सबै सुरक्षित रहेको, मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए ।

घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल को कमाण्डमा-१० जनाको टोली र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङबाट प्र.स.नि. सचिन बोहोराको कमाण्डमा-१४ जना खटिएकाे सुचना अधिकारी यादवले बताए ।

उक्त चौकी बसेको जग्गा पञ्‍चकोटधाम मन्दिरको रहेको र भवन समेत सोही मन्दिरको रहेको  अन्य क्षतीको विवरण आउन बाँकी रहेको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिव १० कि.मि. पश्‍चिम पर्छ ।