
बागलुङ / एल पी ग्यास विक्रेता संघ बागलुङको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
अधिवेशनले हरी प्रसाद अचार्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सनिबार बिहान बागलुङमा भएको अधिवेश उपाध्यक्षमा नरिश्वर उपाध्याय ,सचिवमा राजु गौतम,सह–सचिवमा कृष्ण बहादुर क्षेत्री ,कोषाध्यक्षमा राज कपुर श्रेष्ठ सहितको ९ सदस्य समिति सर्वम्वत रुपममा चयन गरेको हो ।
नयाँ पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरेर प्रमाण–पत्र वितरण गरिने निवर्तमान सचिव भिम बहादुर केसीले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,बागलुङ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष
राजन कुमार शाक्य एलपी ग्यास विक्रेता संघ गण्डकी प्रदेशका अध्यक्ष अगम कुमार पालिखे लगायतका बक्ताहरूले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
एलपी ग्यास विक्रेता संघ बागलुङका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा भएको साधारणसभा सचिव भीमबहादुर केसीकाे संचालनमा सम्पन्न भएको थियो ।












