
बागलुङ जिल्ला वडिगार्ड गाउँ पालिका वडामा नम्बर १०
मा एकजना ब्यक्तिकाे घाँस काट्ने क्रममा शुक्रबार रूख बाट खसेर मृत्युु भएको छ ।
वडिगाड १० बस्ने ७० बर्षिय दल बहादुर गुरुङकाे रूख चढेर घाँस काट्ने क्रममा रूख बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गरूङकाे आफ्नै घर देखी अन्दाजी १ कि.मि. पश्चिम तर्फ आफ्नै खरबारीमा रहेको काउरोको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खस्न जाँदा घाईते भई उपचारको लागी प्रा.स्वा.के. वुर्तिबाङ बागलुङ ल्याएकोमा उपचारको क्रममा ऐ.१२:०५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिजय यादवले बताए ।
घटनाको जानकारी लगत्तै प्रहरी टाेली पुगेर अनुसन्धान शुरू गरेको छ ।









