
बागलुङ /अबिरल रूपमा परेको बर्षाकाे कारण बागलुङ जिल्लाका दुईवटा मुख्य राजमार्ग अबरोध भएको छ ।शुक्रबार देखि परिरहेको ठूलो पानीको कारण मध्यपहाडी लाेकमार्ग र कालीगण्डकी काेरिडाेर सडक पहिरोको कारण सडक अबरुद्ध भएको हाे ।
बागलुङ जिल्ला बडीगाड गाउँ पालिका वडा नम्बर ६ र ७ को सिमाना भिमगिठ्ठे स्थित मध्यपहाडी लोकमार्ग माथिबाट पहिरो आई सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।
यस्तै शुक्रबार देखि लगातार रूपमा भएको बर्षाले बागलुङ दक्षिण क्षेत्र जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारे स्थित कालीगण्डकी करिडोर माथिबाट लेदो बगेर आउदा सडक अवरोध भएको सुचना अधिकारी यादवले बताए ।
सडक अबरुद्ध भएपछि याे सडक भएर आवाेत जावत गर्ने सवारीसाधन संचालन हुन नसक्दा यात्रुहरू समेत अलपत्र परेका छन् ।अबरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।









