समाचार

नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं ।  बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद… पुरा पढौ

नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा… पुरा पढौ

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : प्रचण्ड

नेपालगन्ज, ११ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताउनुभएको छ।नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील… पुरा पढौ

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन: प्रचण्ड

सुर्खेत, १० माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ।सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उहाँले स्पष्ट गर्नुभयो । यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उहाँले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा… पुरा पढौ

‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने

काठमाडौं - यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् । यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ ।… पुरा पढौ

गायिका रमिला बुढा मगरकाे जाम हिन मेराे घर सार्वजानीक

चर्चित गायक खेम सेञ्चुरी र गायिका रमिला बुढा मगरकाे "जाम हिन मेराे घर" बाेलकाे निकै पृथक खालकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ। बाल्यपनका अनुभुतीलाई टपक्क टिपेर माया प्रेमकाे याैवन अवस्थालाई गित मार्फत प्रस्तुत गर्दे बाल्यपनमा माया प्रेमकाे अन्तरकथालाई गितमा प्रस्तुत गरिएकाे छ । सर्जक नेत्र अर्यालकाे शब्द गायक खेम सेञ्चुरीकाे संगित र आवाज रहेकाे यस गीतमा गायिकाद्वय रमिला बुढा मगरले साथ दिएकी छिन । भिडियाेमा बिनाेद भण्डारी र आरूसी मगरकाे दमदार नृत्य रहेकाे छ भने म्युजिक भिडियाेकाे निर्देशन… पुरा पढौ

गायक खेम सेन्चुरीकाे बिषयलाई लिएर शिव परियारले दिए यस्ताे सुझाव

माघ ९ बागलुङ पछिल्लाे समय गायक खेम सेञ्चुरीमाथि विभिन्न टीका टिप्पणीहरू आइ रहेका छन । भ्वाईस अफ नेपालकाे सिजन ६ सेकेण्ड एपिसाेडमा गायक खेम सेन्चुरीले आफु बसेकै कुर्सिमा लात्ती हानेपछि गालीको बर्षा संगै चर्काे अालाेचना भई रहेकाे छभने कतिले यसलाई सामान्य रूपमा लिने गरेका छन । देशकै सर्वाधिक लाेकप्रिय रियालिटी साे कार्यक्रममा गायक सेञ्चुरीकाे यस्ताे हर्कतले अशाेभनिय देखिएकाे भन्दै गायक शिव परियारले लामाे स्टाटस नै लेखेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दैकलाकारमा केही नकरात्मक टिका टिप्पणी अाउना… पुरा पढौ

पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलकाे  ‘कोशेढुंगा

काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ । निर्देशक पौडेलको यो चलचित्रमा को–को कलाकार छन् भन्ने कुराको कौतुहल सिनेमा वृत्त र चलचित्रका शुवेच्छुकमा कौतुहल छ । निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् । थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो ।… पुरा पढौ

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

पोखरा, माघ ८ गते पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो… पुरा पढौ

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन, ८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी… पुरा पढौ