बागलुङ, १३ साउननेपाल बाल संगठन बागलुङको अधिवेशनबाट तारा शर्मा सभापतिमा चयन हुनुभएको छ। मंगलबार सम्पन्न अधिवेशनले शर्मा नेतृत्वमा सात सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपसभापतिमा रेणु केसी हमाल, सचिवमा चुडामणि उपाध्याय र कोषाध्यक्षमा योगेश अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा भोजराज पौडेल, विष्णु विक, सृष्टी क्षेत्री र करमती पुन मगर रहेका छन्। भेलाले सर्वसम्मत रूपमा आठ सदस्यीय समिति चयन गरेपछि बसेको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो। निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले समितिको औपचारिक घोषणा गर्नुभयो। सभापति…
पुरा पढौ