समाचार

बडिगाडमा अध्यक्ष र उपाध्यक्षको पदभार ग्रहण, पहिलो निर्णय: पालिका सहित सबै वडामा मेलमिलाप केन्द्र

बागलुङको बडिगाड गाउँपालिकामा सोमबार नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका नबनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीलाई निवर्तमान अध्यक्ष मेहरसिहं पाइजाले अध्यक्षको कार्यकक्षमा माला, दोसल्ला एवं खादा लगाईदिएर अध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो । त्यस्तै पालिकाका नवनिर्वाचित उपाध्यक्ष भिमसेन वनलाई निवर्तमान उपाध्यक्ष अम्मर बहादुर श्रीषले उपाध्यक्षको कार्यकक्षमा माला, दोसल्ला एवं खादा लगाइदिएर उपाध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो । वैशाख ३० गतेको निर्वाचनमा पाँच दलीय गठवन्धनको तर्फबाट पालिकामा अध्यक्ष र उपाध्यक्ष नै विजयी भएको थियो । गाउँपालिकाको… पुरा पढौ

मुल्य वृद्धिकाे विरोधमा राष्ट्रिय उपभोक्ता मन्चकाे ज्ञापनपत्र

बागलुङ ।पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै राष्ट्रिय उपभोक्ता मन्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रधानमन्त्री मन्त्री शेरबहादुर देउवा समक्ष सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल मार्फत साेमबार पेट्रोल ,डिजेल ,मत्तितेल ,ग्यास लगायतमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । अहिले भएको मुल्य वृद्धिले आम उपभोक्ता मर्कामा पर्ने भन्दै नेपाल आयल निगमलाई अहिले बढेको मूल्य फिर्ता गराउन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत प्रधानमन्त्री लाई अनुरोध… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्दै एकजना बिद्यार्थी लाई उच्च शिक्षा पढाउने प्रतिबद्धता

बागलुङ ।बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवार सम्हालेका छन् । वडा अध्यक्ष शनि केसी ,वडा सदस्य धनमाया शर्मा ,अर्जुन खड्का ,नगेन्द्र केसी ,पवित्रा सुनारलाइ एक कार्यक्रम बिच वडाका कर्मचारीले स्वागत गरेका थिए । बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसीलेआफ्नो पदभार सम्हाले लगत्तै आर्थिक बिपन्नाताका कारण पढ्न नसकेका बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता पाैडेल लाई पढाउने जिम्मेवारी लिएको घाेषणा गर्नुभएको छ ।१२ कक्षा भेटनेरी पास गरेका पाैडेललाई उच्च शिक्षा सम्म पढ्न… पुरा पढौ

पेट्रोलियम पदार्थकाे मुल्य वृद्धिले ल्याएको तरङ्ग ?

सामाजिक संजालमा मुल्य वृद्धि बारे आक्राेश पाेख्दै सर्वसाधारण बागलुङ ,नेपाल आयल निगमले आइतबार बेलुका देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ,डिजेल ,मत्तितेल ,हवाइ इन्धनमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय रूपैयाँ मुल्य वृद्धि गरेपछि यसको चाैतर्फि बिराेध हुन थालेको छ । सामाजिक संजाल फेसबुक मार्फत अहिले भएको मुल्य वृद्धिकाे एकसाथ विराेध गरेका छन् ।अहिले भइरहेको इन्धनको मुल्य वृद्धिले नेपाली जनजीवनमा पार्ने… पुरा पढौ

बागलुङमा चट्याङ लागेर एक युवाको मृत्यु, ३ जना घाइते

बागलुङमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो । चट्याङबाट तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार चट्याङबाट ३ जना घाइते भएका छन् ।चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा माैसम सुधारकाे प्रतिक्षामा

बागलुङ ,जेठ ८ पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा आकश्मिक अवतरण

पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्य तर्फलाग्ने सिम्रिक एयरले जनाएको छ । पुरा पढौ

के हो बालमैत्री विद्यालय ?

बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् । आम नेपालीबीच गुणस्तरीय शिक्षाको चाहना र तत् सम्बन्धी बहस तीब्र बन्दै गएको छ । यद्यपि ‘ गुणस्तर ’को परिभाषा र बुझइ आ–आफ्नै परिवेश अनुरुप भिन्न छन् । विद्यार्थीले अङ्ग्रेजी बोल्न वा लेख्न सक्नुलाई नै गुणस्तरीय शिक्षा मान्ने अभिभावकको जमात अझै पनि ठूलो छ । उता, नेपाल सरकारको ध्यान, लगानी र प्रयास भने शिक्षामा सबैको… पुरा पढौ

अग्रता बढाउँदै रेनु दाहाल , पछ्याउँदै विजय सुवेदी

बागलुङ ।सबैको चासो रहेको भरतपुर महानगरपालिकाकाे चुनावी मतगणनाकाे चर्चा अहिले पनि कायमै छ । नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका… पुरा पढौ

बडिगाड गाउँपालिकाको नाममा फेसबुक पेज दुरुपयोग

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको आधिकारिक फेसबुक पेज यो हो तर https://www.facebook.com/badigadofficial गाउँपालिकाको नाममा अनाधिकृत फेसबुक पेज अर्को पनि रहेको भेटिएको छ । ६ हजार ७ सय भन्दा धेरैजनाले लाईक गरेको र २०७२ साल जेष्ठ १ गते पहिलो तस्बिर राखेको 'बडिगाड गाउँपालिका Badigad Rural Municipality' नाम लेखिएको उक्त फेसबुक पेज गाउँपालिकाको आधिकारिक पेज नभएको गाउँपालिकाले जनाएको छ । २०७४ सालमा मात्र स्थानीय तह भएपनि २०७२ सालमा पहिलो तस्बिर राखिनुले पुरानो नाम परिवर्तन गरी गाउँपालिकाको नाम पछि राखिएको देखिन्छ । गाउँपालिकाको नाममा… पुरा पढौ