शिक्षक आन्दोलनका कारण बानेश्वर ठप्प

-


     हिडन खबर    
     असाेज ४ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
काठमाडौँ / शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। 

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएर दाेस्राे दिनपनि राजधानी केन्द्रीत आन्दोलन जारी राखेका छन् ।
माइतीघर मण्डलादेखि नयाँ बानेश्वर निषेधित क्षेत्र सम्म पुगेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनमा शिक्षकले उठाएको माग पूरा नभएसम्म
राजधानीमा केन्द्रीत आन्दोलन जारी रहने त्यसको तयारी गरेर हजारौं शिक्षक काठमाडौं आएको आन्दोलनरत शिक्षकले बताए

हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको  ‘जति दिन बिद्यालय बन्द हुन्छ । त्यति दिन पछि पढाउने आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने जनाएको छ ।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासंघले जनाएको छ ।