काठमाडौ नवौं संविधान दिवसको दिन काठमाडौंमा दिप प्रज्वलन गरिएको छ । संविधान दिवस लाई भब्य रूपमा मनाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्ट प्रांगणमा बुधबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ,वडा सदस्य राजनीति पार्टीका प्रतिनिधि
समाजसेवी स्थानीय बासि लगायतका ब्यक्तिहरू
उपस्थित भएर काठमाडौकाे मुख्य नाका चन्द्रागिरि
७ प्रहरी चेकपोस्ट अगाडि नेपालका रङ्गिन नक्सा भित्र
मैन बत्ती बालेर नवाै संविधान दिवस मनाएका थिए ।
सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको सहभागीहरूकाे धारणा थियोे ।
यस्तै संविधान दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ कार्यालय प्रांगणमा साँझ
दिप प्रज्वलन गरेर मनाएको वडा नम्बर ६ का वडा अध्यक्ष संजय सिग्देलले बताए ।















