गाँजाको बैधानिकताकाे माग

-


     हिडन खबर    
     असाेज ८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
काठमाडौ ,घर घरमा राेजगार गाँजा नै नेपालकाे प्रथम ब्यापार जनता हाेइन नेपालकाे जडिबुटीलाई बेच सरकार भन्ने नारासाथ नेपाल फार्म ब्यवसायी संघ नेपाल गाँजा बैधानिक महाअभियानका साथ काठमाडौ माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

नेपालमा गाँजालाई बैधानिकता दिन संगठित युवाको समूह नेपाल गाँजा बैधानिक महाअभियानले विभिन्न समय र स्थानमा लामो समयदेखि गाँजा सचेतना कार्यक्रम संचालन गरिरहेको छ ।

यसै अभियान अन्तगर्त नेपाल फर्मा ब्यवसायी संघ, नेपाल गाँजा बैधानिक महासंघ नामक समूहले विभिन्न जिल्लामा आधुनिक गाँजा खेती तथा प्रसोधनबारे तालिम गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत गाँजा खेती गर्न अनुमतिका लागि निवेदन दिएको र कार्बाही प्रकियाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएको नेपाल फर्मा ब्यवसायी संघका अध्यक्ष रिकेन्द्र गिरीले बताए ।

गाँजा बैधानिकता किसानको अधिकार हाे भन्ने कुरा स्पष्ट हुनुपर्ने गाँजाकाे फाइदा धेरै भएको गाँजाकाे तेल लुगा लगायतका बस्तु बनिरहेको हुदा यसलाई बैधानिकता दिनुपर्ने गाँजा अभियान कर्ता शिव खड्काले बताए ।

नेपालमा करिव ३ सय प्रजातिकाे गाँजा नेपालमा
बिदेशमा ३५ प्रजातिका गाँजा नेपाल कै नाममा बिक्री भइरहेको नेपाल फर्मा ब्यवसायी संघले बताए ।

नेपालबाट बर्षिनि २ अरब ९२ करोडकाे गाँजा बाट उत्पादित सामाग्री  बिदेशमा र्नियात हुदै आएपनि त्यसमा सिमित घरानाकाे पहुँच भएको देखिन्छ ।

गाँजेको बैधानिकताकाे लागि सर्वोच्च अदालतमा रित २०७९ चैत २ गते दर्ता भइ ६ गते पहिलो पेशी मुद्दाले अग्राधिकार पाएकाे भएपनि अहिलेसम्म ५ पटक पेशी सरेको यसको मुद्दा अधिबक्ता सराेज अधिकारीले लडिरहेका छन् ।

गाँजाले बैधानिकता नपाएसम्म आन्दोलन जारी राख्ने योजना बनाएका छन् ।