राजेशचन्द्र राजभण्डारी
काठमाडौ / सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमति राहत शिक्षकले अस्वीकार गरेर आन्दोलन लाई निरन्तरता दिएका छन् ।
सरकार र शिक्षक महासंघले आफूहरुले उठाएका माग सम्बोधन गर्न उदासीन रहेको भन्दै उनीहरुले सहमति नमान्ने घोषणा गर्दै आन्दोलन अगाडि बढाएका छन् ।माइतीघर मण्डलादेखि बानेश्वर सम्म पुगेर काेण सभा गरेका थिए।
सरकार संग वार्ता गर्ने टाेलीले राहत शिक्षक कर्मचारी लगायतका मुद्दालाई राम्रोसँग सम्बाेधन नगरेको कारण
आन्दोलनमा उत्रिनु परेको राहत शिक्षकहरूकाे धारणा छ।
सोही वार्तामा सहभागी राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारी उक्त सहमतिप्रति असहमति जनाउँदै सहमतिको मस्यौदामा हस्ताक्षर नगरि बाहिरिएका छन् । उनले राहत शिक्षकहरुलाई काठमाडौँ नछाड्न आग्रहसमेत गरेपछि आन्दोलन गरिरहेका छन् ।
माइतीघर मण्डलामा भेला भएर हजारौं शिक्षकहरूले आक्रामक रुपमा नेतृत्वको बिराेध गर्दै कालाे माेसाे लगाउने चेतावनी दिएका थीए ।
सबै राहत शिक्षकहरुले राजीनामा दिने र महासंघप्रति आक्रामक निर्णय गरिने बताएका छन् ।
गृह मन्त्रालयमा सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाएको थियो । सोसँगै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएका छन् ।
आन्दोलनमा आएका शिक्षकहरू अधिकांश फर्किएपछि राजधानीमा ट्राफिक ब्यवस्थापन हिजो अस्ति भन्दा धेरै सहज भएको छ ।














