स्वर्गीय सुर्यनारायणकाे सालिकको अनावरण

-


     हिडन खबर    
     असाेज १० गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
काठमाडौ स्वस्थ जीवनका लागि पिउने पानीमा शुद्वता घर घरमा पुर्‍याउने हाम्रो प्रतिबद्धता भन्ने नारासाथ स्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिमा लामो समयसम्म याेगदान गरेका तत्कालीन अध्यक्ष स्वर्गीय सुर्यनारायण मानन्धरको सालिक निर्माण गरेर कदर गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ निवासी पुर्व प्रधानपन्च , समाजसेवी एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानन्धरको २०७८/ जेठ १० गते काेराेना भाइरस लागेर उपचारको क्रममा मृत्युु भएको थियोे ।मानन्धरले २०६३ सालदेखि २०७८ सालसम्म खानेपानी उपभोक्ता समितिमा रहेर काम गरेका थिए ।

महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका तत्कालीन अध्यक्ष तथा समाजसेवी स्व. सूर्यनारायण मानन्धरको अर्धकटकाे सालिकको अनावरण वरिष्ठ हास्य कलाकार श्री मदनकृष्ण श्रेष्ठले एक कार्यक्रम बिच अनावरण गर्दै मानवीय जिवनमा पानीको महत्त्व धेरै छ
पानीको लागि ठूलो काम गरेका ब्यक्तित्व समाजले गुमाउनु पर्दा यसले ठूलो क्षति पुर्याएकाे महत्त्वपूर्ण भुमिका खेल्ने ब्यक्तिकाे प्रतिमा अनावरण गर्न पाउँदा खुशी लागेको बताए ।कलाकार श्रेष्ठले समाजमा ठूलो याेगदान पुर्याएका ब्यक्तिकाे बारेमा आफुले ढिलै भएपनि धेरै जानकारी पाएकाे बताए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद रमा आले ,सांसद बिन्दु श्रेष्ठ खानेपानीका कार्यवाहक अध्यक्ष एलबहादुर महर्जन लगायतका बक्ताहरूले स्वर्गीय मानन्धरले सामाजिक क्षेत्रमा राजनीति क्षेत्रमा पुर्याएकाे याेगदान बारे चर्चा गरेका थिए ।

कार्यवाहक अध्यक्ष एलबहादुर महर्जनको अध्यक्षता भएको कार्यक्रममा स्वागत सदस्य बिष्णु बहादुर महर्जन र संचालन      खानेपानी समितिका सचिव पुरूषाेत्तम उदासकाे संचालनमा सम्पन्न भएको थियो ।

महादेवस्थान माततिर्थ खानेपानी उपभोक्ता समितिले चन्द्रागिरि नगरपालिका वडा नम्बर ५,६,र ७ का ४ हजार ३ सय उपभोक्ता लाई नियमितरूपमा सफा शुद्व खानेपानी खुवाउदै आएको छ ।