राजेशचन्द्र राजभण्डारी
काठमाडौ / गृह मन्त्रालयमा सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक बाल विकासका शिक्षहरूले आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ ।
आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक बालविकास केन्द्रका शिक्षकले भने आन्दोलनलाइ निरन्तरता दिएका छन् ।
सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमति राहत शिक्षकले अस्वीकार गरेर आन्दोलन लाई आज पनि निरन्तरता दिएका छन् ।
आन्दोलनमा आएका राहत शिक्षक बालबिकासका शिक्षक लगायतले सम्झौता नमान्ने नारा लगाउँदै प्रदर्शन गरेपछि राजधानीको सडकमा यातायात अवरुद्ध भएको छ । स्थायी शिक्षकहरुको तर्फबाट आन्दोलन फिर्ता लिइएपनि आन्दोलन भने जारी रहेको जनाएको छ ।
आज पनि शिक्षकहरुले शिक्षक महासंघविरुद्ध नै नाराबाजी गरेका छन् । राहत शिक्षक संघर्ष समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष सिमिति बालबिकास केन्द्रमा आबद्ध शिक्षकहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।
सरकार संग वार्ता गर्ने टाेलीले राहत शिक्षक कर्मचारी लगायतका मुद्दालाई राम्रोसँग सम्बाेधन नगरेको कारण
आन्दोलनमा उत्रिनु परेको राहत शिक्षकहरूकाे धारणा छ।
सरकार र शिक्षक महासंघले आफूहरुले उठाएका माग सम्बोधन गर्न उदासीन रहेको भन्दै उनीहरुले सहमति नमान्ने घोषणा गर्दै आन्दोलन अगाडि बढाएका छन् ।माइतीघर मण्डलादेखि बानेश्वर सम्म पुगेर काेण सभा गरेका थिए।
माइतीघर मण्डलामा भेला भएर सयौं शिक्षकहरूले आक्रामक रुपमा नेतृत्वको बिराेध गर्दै आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।
गृह मन्त्रालयमा सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाएको थियो । सोसँगै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएका छन् ।
आफ्नो माग पूरा नभएको भन्दै महासंघ संग असहमति जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेका छन् ।
सोही वार्तामा सहभागी राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारी उक्त सहमतिप्रति असहमति जनाउँदै सहमतिको मस्यौदामा हस्ताक्षर नगरि बाहिरिएका थिए । उनले राहत शिक्षकहरुलाई काठमाडौँ नछाड्न आग्रहसमेत गरेपछि आन्दोलन गरिरहेका छन् ।
















