काठमाडौं, भदौ ७ उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीस्थित चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभाध्यक्ष उपमा सञ्चार प्रा.लि.की आशा गौतम रहनु भएको थियो। प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ हुनुहुन्थ्यो। चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेलकुद, राजनीति, व्यवसाय तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रमा योगदान पुर्याउने नारी व्यक्तित्वहरूलाई “तीज विशेष नारी…
पुरा पढौ