
पोखरा — उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।
सन् २००८ मा स्थापना भई लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखा एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले पोखरा र गण्डकी प्रदेशका विद्यार्थीहरूका लागि यो शाखा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै संस्थाको व्यावसायिक सफलताको शुभकामना दिनुभयो। उहाँहरूले पारदर्शी, गुणस्तरीय र विश्वसनीय परामर्श आजको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो।संस्थापक संजय घिमिरेका अनुसार यो चौथो शाखा हो। बजारको माग र विद्यार्थीहरूको आवश्यकता मध्यनजर गर्दै संस्थाले आफ्नो संजाल विस्तार गरेको हो।यसअघि झापामा दुईवटा र काठमाडौंमा एउटा शाखा सञ्चालनमा छन्।
नयाँ पोखरा शाखाका निर्देशक÷संयोजक किरण बानियाँले अमेरिका लगायत अन्य देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको मागअनुसार शाखा विस्तार गरिएको बताउनुभयो।
कार्यक्रममा निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक र निर्देशक सावित्री केसीले गुणस्तरीय परामर्शका लागि पोखरा आएको जानकारी दिनुभयो।
डेढ दशकभन्दा लामो अनुभव बोकेको यस कन्सल्टेन्सीले अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारी सेवाहरू प्रदान गर्दै आएको छ।
पोखरा शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू जस्तै आईईएलटीएस र टोफेल लगायतका तयारी कक्षाहरूमा सहभागी हुन सक्नेछन्। साथै, अनुभवी परामर्शदाताबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
संस्थाले पोखरा र आसपासका विद्यार्थीहरूलाई आफ्नै शहरमै अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवा दिने उद्देश्य राखेको छ। यसले विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही र सुरक्षित मार्गनिर्देशन गर्ने प्रतिबद्धता जनाएको छ ।










