समाचार

लायन्स क्लबको सहयोग सामुदायिक बिद्यालयका बिद्यार्थीलाई

काठमाडौं ।हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ लियो क्लब अफ काठमाडौं शुभ आरम्भको आयोजनामा श्री नाटेश्वर माध्यामिक विद्यालय मकवानपुर ,थाहा नगरपालिकाका वडा नं १०, टौखेलमा अध्ययनरत बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामुदायिक बिद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुका लागि स्कुल ब्याग -१०० थान र नैतिक शिक्षा सम्बन्धि ज्ञान बर्दक २०० थान पुस्तकहरू बितरण गरिएको लायन्स क्लबले जनाएको छ । अहिले क्लबले गरेको शैक्षिक सामाग्री सहयोग बाट बिद्यालयमा… पुरा पढौ

सहकारी ठगीमा : म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

म्याग्दी, २० माघ । सहकारी ठगी मुद्दामा म्याग्दीका जिल्ला समन्वय प्रमुख पक्राउ परेका छन् । जिल्ला समन्वय प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी बताएको छ । उनीसहितको समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । पुरा पढौ

असल विद्यार्थी भएमात्रै समाज राम्राे बन्छ : उपप्रधानमन्त्री सिंह

-राजनीतिमा अनेकाै मान्छे आएका छन्, नागरिकले सहि गलत छुट्याउन सक्नुपर्छ माघ १९ काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्राे हुने बताउनुभएकाे छ । शनिवार विश्व निकेतन माविकाे ७९ ओै वार्षिक साधारणसभामा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामुदायिक विद्यालयकाे विकासमा आफूले सांसद भएदेखिनै जाेड दिइरहेकाे पनि बताउनुभयाे । सांसद विकास काेषकाे रकम आउँदा आफूले अधिकांस रकम सामुदायिक विद्यालयका लागि छुट्याएकाे पनि स्मरण गर्नुभयाे । काठमाडौं-१ मा रहेकाे विश्व निकेतन… पुरा पढौ

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल(ट्रेड युनियन संघ)को ७ औं वार्षिकोत्सब तथा साधारणसभा शुरू

भरतपुर ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'स्वास्थ्य र दिर्घायुको कामना, सम्पूर्ण एम्बुलेन्स चालकहरूको चाहना' भन्ने नाराका साथ आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपाल(ट्रेड युनियन संघ)को ७ औं वार्षिकोत्सब तथा साधारणसभाको समुद्घाटन गर्नुभएको छ। पुरा पढौ

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड

चितवन, १९ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताउनुभयो । आफूले १८ महिना सरकारमा… पुरा पढौ

‘एक्टर: टेक टु’ शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन

काठमाडौं - विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ । यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेका छन्… पुरा पढौ

रेजिना परियारकाे ए बैगुनी सार्वजानीक

कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले,। कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले हाे ।यस्तै यस्तै माया प्रेमकाे अन्तरभावलाई टपक्क टिपेर तयार पारीएकाेगायीका रेजिना परियार र नव गायक बिनाेद गजमेरकाे ए बैगुनी गित सार्वजानीक भएकाे छ । " ऐ बैगुनी " एउटा यस्तो प्रेम कथा समेटिएको गीत जुन हेरे पछी सबैको आखा रसाउने छ गायिका रेजिना परियारकाे शब्द संगित र आवाजमा नबाेदित गायक बिनाेद गजमेरले साथ दिएका छन गायिकाद्वय परियार र गजमेरकाे… पुरा पढौ

चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ । ‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ ।… पुरा पढौ

मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे

बागलुङ ।नेपाल मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे मगर चयन भएका छन् । बिहीबार बागलुङ बजारमा सम्पन्न मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेश श्रीस मगर, सचिवमाप्रदीप थापा मगर र कोषाध्यक्षमा भाग्यश्री रोका मगर चयन भएका छन् । समितिको सदस्यहरुमा रुद्रबहादुर पुन, विकल्प घर्ती मगर, राजु पुन मगर, अनिता सिञ्जाली मगर, हरी थापामगर, मौसम घर्तीमगर, विनिता पुन मगर, भुषण थापामगर, निक्सन श्रीस मगर, विपन थापा मगर, बिपिन… पुरा पढौ

भाषा संस्कृति बिना पहिचान हुँदैन’

बागलुङ माघ १७अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बिहीबार बागलुङ आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले मगर विद्यार्थीहरु अधिकार प्राप्तीका लागि मात्रै नभई आफ्नो भाषा संस्कृतिको संरक्षणमा पनि लाग्नुपर्ने बताए । ‘हाम्रा जातिय अधिकारहरु अझै धेरै प्राप्ती हुन बाँकी छन्, त्यति हुँदा हुँहै हामी अब अधिकारका लडाइँमा मात्रै होईन हाम्रो भाषा संस्रकारको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्छ ’उनीहरुले भने,‘हाम्रो पहिचान भनेको नै… पुरा पढौ