समाचार


दिगो
 कम्पनीको डाँफे इलेक्ट्रिक माइक्रोबस बागलुङमा

बागलुङमा पहिलो पटक इलेक्ट्रिक माइक्रोबसको विक्रि सुरु गरिएको छ | डिजेल पेट्रोलको भाउ आकासिय सँगै ब्यबसायीहरुको ध्यान यतिबेला इलेक्ट्रिक गाडी तर्फ जान थालेको छ | विक्रीका लागि दिगो कम्पनीको डाँफे माइक्रोबस बागलुङमा भित्रिएको हो । चालक सहित ११ सिट क्षमताभएको यस माइक्रोबसले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटर गुड्न सकिने कम्पनिका बागलुङजिल्लाका प्रतिनिधि किशोर सापकोटाले बताए | दीगो डीएफएसके डाँफे ११ सिट क्षमता रहेको यो इलेक्ट्रिक माइक्रोबसले यात्रालाई सजिलो र आरामदायीबनाउनुका साथै बढीभन्दा बढी आम्दानीका उपयुत्त रहेक सापकोटाले बताए | ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो माइक्रोबसएकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३००किलोमिटर) । यो माइक्रोबसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलकोकरिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो । यो माइक्रोबसको प्रारम्भिक मूल्य ४५ लाख रुपैयाँ पर्ने र ३० प्रतिशत डाउन क्यास र ७० प्रतिशत फाईनान्स कम्पनिले गरिदिने सापकोटाले बताए | विश्वभर आकासिँदो पेट्रोलियम पदार्थको मुल्य र वातावरण प्रदुषणको कारण डिजेल तथा पेट्रोलबाट चल्नेसवारीसाधनको प्रयोगलाई इलेक्ट्रिक सवारीसाधनले विस्थापित गर्नुपर्ने महसुस भईरहेको बेला इलेक्ट्रिकगाडिमा आकर्षण बढ्ने देखिएको छ | पुरा पढौ

बागलुृङको एक विद्यालय ३ वर्ष देखी व्यवस्थापन समिति विहिन, शैक्षिक एवं प्रशासनिक गतिविधि प्रभावित

विद्यालय एवं प्रभावकारी शैक्षिक गतिविधि सञ्चालनका लागि विद्यालयमा व्यवस्थापन समिति हुनु जरुरी हुन्छ । तर बागलुङ जिल्लाको एक बिद्यालयमा भने ३ वर्ष देखि व्यवस्थापन समिति बिहिन हुँदा समेत राजनीतिक दलले आफ्नो पक्षमा नेतृत्व पार्ने दाउमा लाग्दा गठन हुन सकेको छैन । बागलुङको काठेखोला गाँपालिका २ भिमपोखराको जनकल्ण माध्यामिक विद्यालयमा ३ वर्ष सम्म पनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको प्रशासनिक काम प्रभावित भएको छ । लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालय विकासमा बाधा पुगेको छ। शिक्षा नियमावलीको… पुरा पढौ

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘के’ नेपालको ‘क्याबिनेट मिटिङ’ सम्पन्न

बागलुङ ,लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको बाग्लुङमा तेस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । क्याबिनेट मिटिङको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गरेर सुभारम्भ गरेका थिए । उद्घाटन कार्यक्रमा बोल्दै मुख्यमन्त्री अधिकारीले सामाजिक संघ सस्था र क्लवहरुले स्वदेशी उत्पादनो प्रर्वद्धन गर्दै स्थानिय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । पछिल्लो समय नेपालमा हुने हरेका औपचारिक कार्यक्रममा विदेशबाट आयात भएका माल तथा खादाको प्रयोग अन्तय गरि नेपाली सस्कारलाई आत्मसाथ गर्न आग्रह गरे । आयोजकले पहिराइदिएको माला हातमा लिएर मुख्यमन्त्री अधिकारीले… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको… पुरा पढौ

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा… पुरा पढौ

पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका बागलुङ सिगानाका जिसी पोखरा रेफर

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका पुरुषलाई थप उपचारको लागि पोखरा लगिएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका बागलुङ नगरपालिका ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीलाई धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताउनु भयो ।आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले… पुरा पढौ

बागलुङ सिगानाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गंगा बहादुर थापाले बताउनु भयो । पुरा पढौ

धौलागिरि वहुमुखी क्याम्पसद्वारा प्रदेश तथा स्थानीय निकायमा निर्वाचित पुर्व विद्यार्थीलाई सम्मान

धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरि वहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव अवसरमा शुक्रबार क्याम्पसका पुर्व विद्यार्थी एवं प्रदेश तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ | क्याम्पसमा अध्ययन गरि हालै सम्पन्न प्रदेश तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो | सम्मानित हुनेमा क्याम्पसका पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो… पुरा पढौ

आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरलाई

युएस एकेडेमीद्वारा आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरले हात पारेको छ | प्रथम हुन सफल आदर्श विद्यामन्दिरका विद्यार्थीहरु रनिङ कप उचाल्दै विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा सुक्रबार आयोजित प्रतियोगितामा बागलुङ बजारका १४ विद्यालयको सहभागिता रहेको थियो | पहिलो चरणको छनौटबाट दोस्रो चरणमा प्रवेश गरेका ८ समुहरु बिचको प्रतिस्पर्धाबाट ७ समुहलाई पछाडि पार्दै १९ अङ्कका साथ आदर्श विद्यामन्दिर आवासीय माविले प्रथम स्थान हाँसिल गरेको हो भने १८ अङ्क सहित चिल्ड्रेन लाईफ बोर्डिङ द्वितीय र आयोजक युएस एकेडेमी तृतीय… पुरा पढौ

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी… पुरा पढौ