
बागलुङ / नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजना क्यानेडियन रेडक्रसकाे सहयोगमा संचालित
समुदायमा आधारित स्वास्थ परियोजना मार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरूलाइ ६ दिने कचहरी नाटक प्रदर्शनी तालिम शुरू भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा ,नेपाल रेडक्रस साेसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिम संयाेजक जीवन श्रेष्ठ ,रेगुनाथ याेगी ,लगायतका बक्ताहरूले
आआफ्नो धारणा राखेका थिए ।
नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रम संचालन काेषाध्यक्ष जीवन नाथ शर्माले गरेको कार्यक्रमकाे उदेश्य माथि ccbht स्वास्थ प्रमुख गाेकर्ण श्रेष्ठले गरेका थिए ।















