
बागलुङ ,हिजाेसम्म सुन्ताला बिक्रीवितरणकाे लागि बजार खाेज्नु पर्ने बागलुङ नगरपालिका सिगानाका किसानलाई सुन्तला खरिद गर्ने ब्यापारी गाउँमै पुगेपछि बिक्रीको लागि बजार धाउनुपर्ने बाध्यताकाे अन्त्य भएको छ ।विसं २०३७ बाट बागलुङ नगरपालिका सिगानामा शुरू भएको सुन्तला खेती बाट बार्षिक २ करोड रूपैयाँ भित्रीन थालेको छ ।धान
मकै काेडाे लगायतका अन्नबाली छाडेर यहाँका किसानहरू सुन्तला खेती तर्फ आकर्षित हुन थालेपछि सिगानालाइ सुन्तला पकेट क्षेत्र बनाउनुपर्ने माग समेत हुन थालेको छ ।
गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना यतिबेला गाउँ भरि
सुन्तला लहलह पाक्न थालेकाे छ ।सुन्तला खेती बाट राम्रो आम्दानी हुन थालेपछि गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको छ । बागलुङको सिगाना यतिबेला सुन्तला गाउँले चिनिन थालेको छ ।
सिगानामा दुई करोड देखि २ करोड सम्मको सुन्तला उत्पादन हुने गरेको अनुमान रहेको सुन्तला खरिद गर्नका लागि पाेखरा काठमाडौ देखि ठेकेदारहरू आएर बगैंचा बाट लग्ने गरेको अगुवा किसानहरूले बताए ।
बाबुले गरेको सुन्तला खेतीलाइ आफू शिक्षाको स्राेत ब्यक्तिकाे जागिर रिटायर भएपछि २०७१ सालबाट यहीँ पेशमा लागेको पहिला सुन्तला बिक्री गर्न पाेखरा पुग्नुपर्ने थियोे अहिले नारायणगढ बाट ब्यापारी आएको किसान अनन्त खड्काले बताए ।
बागलुङको सुन्तला अन्यत्र ठाउँको भन्दा राम्रो गुलियो भएको कारणले यहाँकाे बगैंचा बाट खरिद गरेर पाेखरा नारायणगढ लग्ने गरेको ब्यापारीहरूकाे भनाइ छ ।
बागलुङको सिगानामा ब्यवसायीक रूपमा सुन्तला खेती गर्ने किसानहरू रहेको अहिले सुन्तला टिप्ने बेच्ने क्रम शुरू भइसकेको सिगानामा २ करोडको सुन्तला बिक्री हुने गरेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुमार पुन मगरले बताए ।
आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या क्रमशः बढ्दो छ । विरुवा थप्दै जाने र उत्पादन लिने क्रम पनि बढीरहेको छ । सुन्तला गाउँका झण्डै डेढ सय किसान सुन्तला खेतीमा लागेका छन् । बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ “अहिले त गाउँभरि सुन्तला छ ।”
काठमाडौँ, चितवन, पोखराजस्ता ठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरीद गर्छन् । बगैँचा बाटै ठेक्कामा बिक्री हुन्छ,”“टिपेर बेच्ने झंझट समेत तरेकाे छ ।
अन्नबाली भन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सिगानासँगै बिहुँ, तित्याङ, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।















