महिला उद्यमशिलता विकास सहकारीको २३ आ‌ैं साधारणसभा सम्पन्न

-


     हिडन खबर    
     पौष ७ गते २०८० मा प्रकाशित


बागलुङ / सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ आ‌ैं बार्षिक साधारणसभा राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा महिला उद्यमशीलता बिकास सहकारीका
प्रमुख संस्थापक संरक्षक प्रेम छाेटा ,सहकारीका पुर्व अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ ,संस्थापक अध्यक्ष चन्द्र कुमारी श्रेष्ठ ,सल्लाहकार कृष्ण शंकर श्रेष्ठ ,सल्लाहकार निर्मला श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पत्रकार काेपीला कडेल , जेष्ठ नागरिक चइना देवी श्रेष्ठ ,लगायतका बक्ताहरूले महिला उद्यमशीलता विकास सहकारीले समाजमा रहेका महिला दिदीबहिनी लाई उद्यमी बनाउने तालिम दिएर महिला उद्यमी बनाउनु पर्ने धारणा राखेका थिए ।

२०५७ सालमा २८ जना महिलाहरूले १४ हजार ६ सय शेयर ,रकमबाट स्थापना गरेको सहकारी संस्थामा शेयर पुजी ८३ लाख ४१ हजार र शेयर सदस्य २ सय ४६ जना पुगेको सहकारीका सचिव सचिव सृजना पन्तले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।

सहकारीले आर्थिक बर्ष २०७९/०८०मा ५ करोड २२ लाख ९ सय ५६ रूपैयाँ ८२ पैसा कारोवार गरेको जनाएको छ । सहकारीको कुल नाफा ३० लाख ३५ हजार ६ सय ३३ रूपैयाँ ६७ पैसा कुल खर्च २३ लाख ४९ हजार ८ सय ६० रूपैयाँ ६५ पैसा गरेको सहकारीले खुद नाफा ६ लाख ८३ हजार ७ सय ७३ रूपैयाँ गरेको सहकारीका कोषाध्यक्ष वबिता वझाले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ ।

साधारणसभामा सहकारीका अध्यक्ष अर्चना पालिखेेेले प्रगति प्रतिवेदन सचिव सृजना पन्तले सहकारीको प्रतिवेदन, वविता वझाले आर्थिक र सुनिता शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले आर्थिक बर्ष २०७९/०८० मा शेयर सदस्य परिवारलाई मृत्यु राहत जेष्ठ नागरिक लाई सम्मान नियमित बचत कर्ता असल बचत कर्ता असल ऋणीलाइ सम्मान गरेकाे थियो ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका सहसचिव संझना श्रेष्ठकाे स्वागत र सहकारीका सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।