साताै बागलुङ महाेत्सवकाे तयारी

-


     हिडन खबर    
     पौष ३ गते २०८० मा प्रकाशित


बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ।

बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि महाेत्सवकाे बारेमा जानकारी गराएका थिए ।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले पर्यटन प्रवर्द्धन हुने आशा गरिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जयराम भारीले बताए ।

महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने भएको छ । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य संघले राखेको छ ।

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन्।

पत्रकार सम्मेलनमा बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले पुस ११ गतेदेखि २० गतेसम्म हुने महाेत्सवकाे तयारी बारे जानकारी गराएका थिए ।