बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुलबाट खसेर एक युवाको मृत्यु

-


     हिडन खबर    
     पौष ४ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङमा बिश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । बिश्व कै सबैभन्दा लामो ५६७ मिटरकाे  बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो ।

बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए । थापा पुलबाट १३८ मिटर तल कालीगण्डकी नदिमा खसेको केसीले बताए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको प्रहरी निरीक्षक केसीले बताए ।