समाचार

चिरञ्जीवी शर्मा बेनी नगरपालिकाकाे नगर प्रमुखकाे लागि सिफारिस

बेनी नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीले चिरञ्जीवी शर्माकाे नाम सिफारिस गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि नगर प्रमुख पदमा आकांक्षी रहेका नेताहरू मध्य पार्टीले शर्मालाई सिफारिस गरेको हाे । नेपाली काँग्रेसको शुक्रबार जिल्ला पदाअधिकारी र आकांक्षी १० जना नगर प्रमुख पदका आकांक्षी उमेदवारहरुको सयुक्त बैठकबाट शर्मालाई सर्वसम्मत रूपमा यसपटक बेनी नगरपालिकाकाे नगर प्रमुख बनाउने निणर्य भएको जिल्ला सचिव भरतबहादुर रखालले बताउनुभयो । बिहिबार बसेको बेनी नगर कार्य समितिबाट सिफारिस भएर आएका नगर प्रमुख पदका लागि… पुरा पढौ

स्थानीय तहको उमेदवार घोषणा गर्न एकले अर्कोलाई हेर्दै राजनीतिदल

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन २७ दिन बाकी रहदै गर्दा समेत प्रमुख राजनीति पार्टीहरूले उमेदवार तय गर्न सकेका छैनन् ।अहिले दुईवटा गठबन्धन बनेको कारणले पहिला जसले नाम सार्वजनिक गर्छ अर्को गठबन्धन दलले त्यहीँ उमेदवारको आधारमा आफ्नो पार्टीको उमेदवार फेरबदल गर्ने तयारी समेत भित्रभित्र भइरहेको राजनीति बृतमा चर्चा चलेको छ । नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राजमो ,एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पछि गठबन्धन संस्कृतिको चर्को रूपमा बिरोध गर्ने… पुरा पढौ

महिलाको सशक्त दाबी छैन स्थानीय तहको निर्वाचनमा

अघिपछि राजनीति लगायत हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुनुपर्छ भनेर चर्को स्वरमा वकालत गर्ने महिलाहरू यसपटक भने चुपचाप देखिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा तहदेखि गाउँ पालिका अध्यक्ष , उपाध्यक्ष ,नगरपालिका नगर प्रमुख, उप प्रमुख,लगायतका पदमा उमेदवार बन्न राजनीति पार्टीमा तछाडमछाड चलिरहेको बेला महिला नेतृत्व भने चुपचाप नै देखिन्छन् ।प्रमुख राजनीति पार्टी भित्रका महिला नेतृत्व समेत यसपटकको स्थानीय तहको निर्वाचनको लागि खासै जाँगर देखाएको देखिदैन । अघिपछि महिला अधिकारकाे चर्को कुरा गर्ने महिलाहरू… पुरा पढौ

चैते दशै रमाइलो मेला बैशाख ३ गतेसम्म संचालन हुने

बागलुङमा लाग्ने ऐतिहासिक चैत्राष्टमी पर्वको लगत्तै नयाँ बर्ष बिशेश कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा शुरू भएको छ ।गुठी युनाइटेड क्लब बागलुङले यश नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिनेसांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे कार्यक्रमकाे कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कला र संस्कृतिको जगेर्ना गर्नकाे लागि सबै क्षेत्रको भुमिका अनिवार्य भएको हुदा यसलाई जाेगाउन सकेमात्र हाम्रो पहिचान रहिरहने हुदा यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्ने अध्यक्ष खड्काले बताए । बागलुङका युवा… पुरा पढौ

नयाँ बर्षमा कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

काेराेनाकाे जाेखिम कम भए संगै स्थानीय प्रशासनले कालीका भगवती मन्दिरमा लगाउदै आएको निषेधाज्ञा हटाए संगैनयाँ बर्ष २०७९ काे पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो लागेको छ । नयाँ बर्ष २०७९ सालको पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनकाे घुइँचो लागेको छ ।दुई बर्ष सम्म बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारणले पुजा गर्न नपाएका भक्तजन काेभिड कम भए संगै मन्दिर दर्शनको लागि आएका छन्… पुरा पढौ

अखिल नेपाल महिला संघको अध्यक्षमा लक्ष्मी बाेहाेरा चयन

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलन बाट लक्ष्मी बाेहाेराकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट . उपाध्यक्षमा चित्रा श्रीस .र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,काेषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् । जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी… पुरा पढौ

४६ थान मानव कंकाल सहित भारतीय डाक्टर पक्राउ

विराटनगरबाट एक जना भारतीय डाक्टर मानव कंकालसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हा रहेका छन् । उनलाई मङ्गलबार विराटनगर–१५ स्थित मुख्य रानीभन्सार नाकाको १ नम्बर ढाटबाट सिन्हालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले मानव कंकाल सहित पक्राउ गरेको हो । सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी… पुरा पढौ

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, राप्रपाले सुर्य चिन्ह लिएर उठ्ने

राजनीतिमा सबै कुरा जायज भन्ने उखान यसपालि फेरि प्रमाणित भएको छ ।नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,राष्ट्रिय जनमाेर्चा ,र जनता समाजवादी पार्टीको ५ दलिय गठबन्धनकाे चर्काे बिराेध गर्दै आएको नेकपा एमालेलेस्थानीय चुनावमा राप्रपा कमल थापा संग केन्द्रीय रूपमै गठबन्धन गरेर गठबन्धनकाे संस्कृति लाई सहि सावित गरिदिएका छन् । नेकपा एमाले र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।नेकपा एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका… पुरा पढौ

अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन शुरू

नेकपा एमाले निकट महिला संघ अखिल नेपाल महिला संघको छैठौं जिल्ला सम्मेलन बागलुङ सदरमुकाममा शुरू भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले निकट भातृ संगठनहरूकाे सक्रियता पनि बढेको छ ।समृद्ध नेपाल सुखी नेपाली निर्माणकाे लागि स्थानीय तह प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चितता भन्ने नारा साथ जिल्ला सम्मेलन शुरू भएको छ । स्थानीय तहदेखि सम्मेलनमा भाग लिन आएका महिलाहरूले बाजा गाजा सहित विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेका थिए । पुरा पढौ

बागलुङमा नयाँ वर्ष विशेष मेला

बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेला सकिए लगत्तै नयाँ वर्ष विशेष कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा आयोजना गरिएको छ ।गुठी युनाइटेड क्लब बागलुङले नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिने सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बागलुङका युवा वर्गलाई लक्षित गरि नेपालका चर्चित राष्ट्रिय कलाकारकाे गीत तथा नृत्य बाट मनाेरन्जन दिने उदेश्यले बागलुङ नगरपालिका १ बाङ्गेचाैरमा कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्ष २०७९ बैशाख १ गतेदेखि ३ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, लाेक दाेहाेरी गीत कार्यक्रममा स्थानीय… पुरा पढौ