अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

-


     हिडन खबर    
     असाेज ११ गते २०७९ मा प्रकाशित


अरिङ्गालको टोकाइबाट बागलुङमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षिय ज्ञानबहादुर रानाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगा बहादुर थापाले बताउनुभयो ।

रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका उनको स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।