बसले माइक्रोलाई ठक्कर दिँदा ९ जना घाईते

- दुर्घटना परि घाईते भएका ९ जना मध्ये ६ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।

-


     हिडन खबर    
     असाेज ९ गते २०७९ मा प्रकाशित


काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताउनुभयो ।

दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ लेखानीका ३९ बर्षिय गंगा बहादुर कामी, काठेखोला गाउँपालिका वडा नम्बर २ का १९ बर्षिय सागर बोहोरा, बागलुङ नगरपालिका–८ सिगानाका राजेन्द्र खड्का, २० बर्षिया गौरी खड्का, काठेखोला गाउँपालिका–२ की २४ बर्षिया तारा पौडेल, काठेखोला गाउँपालिका–२ की २० बर्षिया आरती गौतम र बागलुङ नगरपालिका वडा नम्बर ११ की १९ बर्षिया सुजता शाक्य घाईते भएको थापाले बताउनुभयो । सवारी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थाापाले बताउनुभयो ।

दुर्घटना परि घाईते भएका ९ जना मध्ये ६ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरले बताउनभुयो ।