काठमाडौं, वैशाख ११ — उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिलासम्बन्धी मन्त्री मनोहरलाल भट्टरबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भारतीय मन्त्री भट्टरले शहरी विकास मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री सिंहलाई भेट गरेका हुन्। भेटवार्तामा दुई देशबीचको हित, आपसी सम्बन्ध विस्तार तथा शहरीकरणको क्षेत्रमा सहकार्यका सम्भावनाहरू बारे छलफल भएको शहरी विकास मन्त्रालयले जनाएको छ। शिष्टाचार भेटपछि मन्त्रालयका सचिव गोपाल सिग्देलले भने, “भारतले पछिल्लो समय शहरी विकास, फोहोरमैला व्यवस्थापन तथा शहरी यातायातमा उल्लेखनीय प्रगति गरेको छ। ती अनुभवहरू…
पुरा पढौ