समाचार

लेखनाथ उद्योग बाणिज्यसंघमा ३ महिने प्लम्बिङ तालिम

लेखनाथ, चैत्र ३ लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारदेखि सुरु भएको छ। व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिम सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले युवालाई स्वरोजगार, उद्यमशीलता र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताइन्। उनले स्वदेशमै केही गर्न चाहने वा विदेश जाने इच्छुक युवाका लागि पनि यस किसिमका तालिम उपयोगी हुने उल्लेख गरिन्। पहिलो चरणको तालिम पूरा गरेका सहभागीलाई आवश्यक परे ‘एड्भान्स्ड’ तालिम दिने… पुरा पढौ

दादुरा जोखिम बढेपछि निसिखोला गाउँपालिकाको आग्रह : मेला–महोत्सव नगर्न अनुरोध

बागलुङ । छिमेकी पालिका ढाेरपाटन नगरपालिकामा दादुरा जस्तो संक्रामक रोग फैलिँदै गएको सन्दर्भमा निसिखोला गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार दादुरा महामारीका कारण मानवीय जीवनमा गम्भीर असर परिरहेको छ। यस रोग निसिखोला गाउँपालिकामा समेत विभिन्न माध्यमबाट फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। यसै क्रममा गाउँपालिकाले दादुरा महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म कुनै पनि प्रकारका मेला, महोत्सव तथा भीडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण स्थानीयवासीमा निसीखाेला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत जीवन पुनमगरले अनुरोध… पुरा पढौ

अभिमुखीकरणमा रास्वपाको कडाइ: सांसदलाई मोबाइल प्रयोग गर्नै नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरूलाई लक्षित गरी आगामी चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको महामन्त्री कबिन्द्र बुर्लाकाेटीले जनाएको छ । सूचनाअनुसार कार्यक्रम ललितपुरको खुमलटारस्थित होटेल रोयल टुलिप मा बिहान १० बजेबाट सुरु हुने छ। कार्यक्रममा पार्टीका सबै नवनिर्वाचित सांसदहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ। पार्टीले कार्यक्रम अवधिभर सांसदहरूको खाना तथा आवासको व्यवस्था ‘सेयरिङ बेसिस’ मा गर्ने जनाएको… पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाच प्रदर्शन गरिने

बागलुङ, चैत २ यस वर्षको ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाच प्रदर्शन गरिने भएको छ। कालिका भगवती गुठी व्यवस्थापन समितिको मूल आयोजनामा चैत १० देखि १४ गतेसम्म सञ्चालन हुने मेलाको अवसरमा बागलुङको ऐतिहासिक हनुमान नाच प्रदर्शन गरिने भएको हो।झण्डै तीन सय वर्षअघिदेखि यहाँका नेवार समुदायले यो नाच देखाउँदै आएको इतिहास रहेको छ। नेपालबाटै लोप हुन लागेको हनुमान नाच बागलुङमै आएर अवलोकन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि नेवार समुदायसँगको समन्वयमा नाच प्रदर्शनको तयारी गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र… पुरा पढौ

बागलुङमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

बागलुङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपभोक्ताको अधिकार, खाद्य स्वच्छता तथा उपभोग्य वस्तुको गुणस्तरबारे उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्। बागलुङको एकीकृत सेवा कार्यालयको आयोजनामा आइतबार भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गुणस्तर मापन यन्त्र र खाद्य प्रयोगशालाको अभावमा अनुमानका आधारमा मात्र अनुगमन भइरहेको बताउनुभयो। उहाँले तेल, दूध, मासु र तरकारीजस्ता खाद्य वस्तु हेरेर मात्र गुणस्तर मापन गर्न नसकिने स्पष्ट पार्नुभयो। कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका उप–प्रमुख राजु… पुरा पढौ

रास्वपाले समानुपातिक सुचिमा रहेका सांसदकाे नाम निर्वाचनमा आयोगमा पठायो

काठमाडौं ।चैत १ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा जाने समानुपातिक सुचीमा रहेका आफ्नो सदस्यहरूकाे नामावली निर्वाचन आयोगमा पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार चयन गरेको छ। कुल प्राप्त ५७ सिटका लागि आज बसेको सचिवालय बैठकले नाम छनोट गरी क्लस्टरअनुसारको सूची निर्वाचन आयोगमा बुझाएको हो। आयोगका अनुसार ९ जना पुरुष र ४८ जना महिला गरी कुल ५७ जनाको बन्दसूची रास्वपाले बुझाएको छ। सोअनुसार रास्वपाले नौ जना पुरुष उम्मेदवारलाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको छ। रास्वपाले पुरुषतर्फ खसआर्यको… पुरा पढौ

भिडिओ विवादपछि कास्कीकी सांसद विना गुरुङको प्रष्टीकरण

कास्की । चार–पाँच जना व्यक्तिले घेरा हालेर हिँडिरहेको दृश्य सार्वजनिक भएपछि आलोचना बढेपछि कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य विना गुरुङले प्रष्टीकरण दिएकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोबारे स्पष्ट पार्दै सांसद गुरुङले उक्त दृश्यको अघिपछि भएको घटनाबारे थाहा नहुँदा विभिन्न टिप्पणी आएको बताएकी छन्। उनले यस्तो तामझाम आफूलाई आवश्यक नभएको र त्यसप्रति आफू सहमत नरहेको पनि उल्लेख गरेकी छन्। उनका अनुसार फागुन २७ गते उनको पार्टीको कास्की जिल्ला कमिटीले सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २… पुरा पढौ

नेपाल आयल निगमको निर्णय : एलपी ग्यास आधा सिलिण्डरमा मात्र वितरण

काठमाडौं, फागुन २९ नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थित बनाउन उपभोक्तालाई आधा सिलिण्डर मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ। निगमले जारी गरेको विज्ञप्ति अनुसार, मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति विश्वव्यापी रूपमा प्रभावित भएको छ। भारतमा समेत ग्यास आपूर्ति समस्याले उपभोक्तालाई असर गर्न थालेपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ। यसलाई नियन्त्रण गर्न निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म उपभोक्तालाई ७.१ के.जि. एलपी ग्यास भरिएको… पुरा पढौ

इन्सा विकको हत्या प्रकरणमा कडा कारबाहीको माग

बागलुङ। फागुन २८ सुर्खेतकी १६ वर्षीया किशोरी इन्सा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति अन्तर पार्टी महिला सञ्जाल जिल्ला समिति बागलुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्जालले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। सञ्जालकी अध्यक्ष सीता सापकोटा र सचिव हुमा खड्काद्वारा जारी ध्यानाकर्षण पत्रमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी विक हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन्। उनीमाथि भएको बलात्कारपछि हत्या जस्तो जघन्य र अमानवीय घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। पत्रमा यस्तो प्रकारको अपराधले… पुरा पढौ

विश्व मृगौला दिवस राजधानीमा मनाइयो

काठमाडाै ।फागुन २८ स्वास्थ्य अभियान नेपालले हरेक वर्षझैँ यस वर्ष पनि विश्व मृगौला दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर बिश्व मृगौला दिवस मनाएको छ । अंग्रेजी महिनाको दोस्रो बिहीबार मनाइने विश्व मृगौला दिवस यस वर्ष मार्च १२ फागुन २८ गते मनाइएको हाे । आज बिश्व मृगौला दिवस मनाउँदै गर्दा नेपालमा पनि पछिल्लो समय अस्वस्थ खानपान तथा जीवनशैलीले मृगौला रोगी बढ्दै गइरहेका छन् । मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ ।आज विश्व मृगौला दिवस नेपालमा पनि… पुरा पढौ