स्वास्थ्य

निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न, ५५० जनाभन्दा बढी लाभान्वित

काठमाडौं, साउन १८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक सेवाका विविध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। यसैक्रममा “We Serve” (हामी सेवा गर्छौं) भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजना तथा ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ५५० जना विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको निःशुल्क दन्त परीक्षण गरिएको क्लबले जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई दन्त स्वास्थ्यसम्बन्धी परामर्श तथा सचेतनामूलक… पुरा पढौ

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर

बागलुङ, साउन ६ बागलुङको निसीखोला गाउँपालिका–३ ढाडखर्क निवासी ३९ वर्षीया मिना सुनारलाई सुत्केरी भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको छ। सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन्। सुत्केरी भएको केही समयपछि बुधबार राति करिब १ बजे उनी अचानक बेहोस भएकी थिइन्। शरीरभित्र अत्यधिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) भई रगत जमेको आशंकापछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। उनीलाई बुधबार बिहान करिब ७ बजे बुर्तिबाङ अस्पताल… पुरा पढौ

लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर सम्पन्न, करिब १०० जनाको मोतिबिन्दु शल्यक्रिया गरिने

काठमाडौं साउन २ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत काठमाडौंस्थित विभिन्न लायन्स क्लबहरूको आयोजनामा तथा मातृका आई सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका–६, सिँचाहिटीस्थित पिनाकल एकेडेमी स्कुलमा शनिबार एकदिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा विशेषगरी श्रवण तथा वाक् अपाङ्गता भएका महिला, पुरुष तथा बालबालिकासहित १६१ भन्दा बढी सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा करिब १०० जनामा मोतिबिन्दुको समस्या पहिचान भएकाले उनीहरूको निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण तथा परामर्श सेवा… पुरा पढौ

क्यान्सरपीडितलाई लायन्स क्लबद्वारा मेडिकल सामग्री तथा आर्थिक सहयोग

काठमाडौं, असार २९ ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत सञ्चालन भइरहेको सप्ताहव्यापी सेवा कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक र लायन्स क्लब अफ काठमाडौं नयाँबजारको संयुक्त आयोजनामा क्यान्सरपीडित राजु कुसुवार माझीलाई आवश्यक स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकाका निवासी माझी हाल थानकोटमा उपचाररत छन्। उनको उपचार तथा दैनिक जीवनलाई सहज बनाउन सुविधा सम्पन्न… पुरा पढौ

नेपालमा गुणस्तरीय क्यान्सर उपचार सेवा भइरहेको बिदेश जानुपर्छ भन्ने भाष्य गलत

काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपाल (CSAN) ले क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ। काठमाडौंस्थितमा आयोजित पत्रकार सम्मेलनमा  क्यान्सर रोग भरसक नेपाली लाई नलागाेस् तर लागेरइण्डिया चाइना सिंगापुरमा महंगोमा उपचार गर्नुभन्दा नेपाल मै सस्तोमा उपचार गर्न गराउन आफुहरूले काम गरिरहेकाे नेपालमा क्यान्सरको उपचार महंगो यहाँ शुरू नगराै बाहिर जानुपर्छ जान दियौं भन्ने भाष्य रहेकोकाठमाडौं क्यान्सर सेन्टरका डाक्टर अन्जनी कुमार झाले बताए । डाक्टर झा ले… पुरा पढौ

ललितपुरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन

ललितपुर, असार २१ दृष्टि गुमाउने प्रमुख कारणमध्ये एक मोतिबिन्दुको समयमै उपचार गर्ने उद्देश्यले ललितपुरको लुभुमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ (नेपाल) अन्तर्गत लायन्स क्लब अफ काठमाडौं कपल्सको आयोजनामा शनिबार श्री लुभु माध्यमिक विद्यालय, नसाल, लुभुमा शिविर सञ्चालन गरिएको हो। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको शिविरमा १८७ जनाले आँखा चेकजाँच गराएको आयोजकले जनाएको छ।ब्लड टेष्ट ४० जनाको टेष्ट गरिएको थियो । शिविरमा मोतिबिन्दु भएका बिरामीहरूको आँखाको परीक्षण गरी आवश्यक परेकाहरूको निःशुल्क शल्यक्रिया… पुरा पढौ

मधुमेह सचेतना कार्यक्रम सञ्चालन

बागलुङ, असार २१ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ युनियन को संयुक्त आयोजनामा मधुमेह (डायबिटिज) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपालको साप्ताहिक कार्यक्रमअन्तर्गत आगामी २०२६ जुलाई ६ मा बागलुङस्थित कालिका मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हाे । डायबिटिज अवेयरनेस” शीर्षकमा सञ्चालन भएको  कार्यक्रममा मधुमेह रोगका कारण, लक्षण, रोकथामका उपाय, स्वस्थ जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गराइकाे लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार १८, पोखरा कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी बिहीबार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेका थिए।उक्त अवसरमा प्रमुख लिलाधर पौडेलले अभियानलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै, कुनै पनि अभियान सफल बनाउन जनप्रतिनिधि तथा आम नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुने उल्लेख गर्नुभयो। स्वस्थ… पुरा पढौ

वातावरण दिवसको अवसरमा ललितपुर–४ मा वृहत् वृक्षारोपण कार्यक्रम

ललितपुर, जेठ २० विश्व वातावरण दिवस २०८२ को अवसरमा ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “प्रकृतिबाट प्रेरित : जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालय, नेप्सेम्याक (NOCEMAC), ललितपुर चक्रपथ महानगर सरसफाइ अभियान, ग्रीन भ्याली ग्रीन नेपाल, स्थानीय नागरिक सरोकार मञ्च नेपाल, वडास्तरीय महिला समिति तथा बागडोल विकास समाजको सहकार्य गरेर कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। बागडोल–४ स्थित नख्खु करिडोर क्षेत्रमा आयोजना गरिएकाे वृक्षारोपण कार्यक्रममा… पुरा पढौ

खानेपानीमा कर छुट : महासंघद्वारा सरकारलाई धन्यवाद, विद्युत् महसुलमा थप सहुलियतको माग

काठमाडौं, जेठ १७ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिने व्यवस्था गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ। महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयक २०८२ मार्फत आयकर ऐन, २०५८ मा संशोधन गरी जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले आफ्नो उद्देश्यअनुसार आर्जन गरेको रकममा कर छुट हुने कानुनी व्यवस्था गरिएको उल्लेख गरिएको छ। महासंघले उक्त निर्णयका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, अर्थ समितिलगायत… पुरा पढौ