शिक्षा

बागलुङमा १०८ पिपल संरक्षण अभियान, चौतारी जोगाउन स्थानीय सक्रिय

बागलुङ चैत १४ बागलुङमा सडक विस्तारका कारण मासिँदै गएका वर–पिपलका चौतारी संरक्षण गर्न स्थानीयवासी सक्रिय भएका छन्। मौलिक सम्पदा जोगाउन सुरु गरिएको ‘१०८ पिपल संरक्षण अभियान’ले अहिले गति लिएको छ। गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा परम्परागत वर–पिपलका चौतारी मासिँदै गएका छन्। यसले वातावरणीय सन्तुलनसँगै सांस्कृतिक पहिचानसमेत जोखिममा परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–५, धुर्पुला मालिका क्षेत्रमा ‘श्रीराम मन्दिर १०८ पिपल संरक्षण योजना’ अन्तर्गत अभियान सञ्चालन गरिएको छ। रामनवमीको अवसर पारेर पिपलका बिरुवा रोप्दै यसको धार्मिक तथा वातावरणीय… पुरा पढौ

झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना हुँदै

झापा । मानवसेवा आश्रमले झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना गर्ने भएको छ। चैत १७ र १८ गते झापाका विभिन्न स्थानमा हुने सेमिनारबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको हो। आश्रमले चैत १७ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म कन्काई नगरपालिका–३, सुरुङ्गास्थित कन्काई उद्योग वाणिज्य संघको सभाहलमा सेमिनार सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी, चैत १८ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित मेची सामुदायिक हलमा विद्यार्थी लक्षित कार्यक्रम आयोजना गरिनेछ। सोही दिन बिहान ११ बजेदेखि १ बजेसम्म त्यही… पुरा पढौ

दादुरा जोखिम बढेपछि निसिखोला गाउँपालिकाको आग्रह : मेला–महोत्सव नगर्न अनुरोध

बागलुङ । छिमेकी पालिका ढाेरपाटन नगरपालिकामा दादुरा जस्तो संक्रामक रोग फैलिँदै गएको सन्दर्भमा निसिखोला गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार दादुरा महामारीका कारण मानवीय जीवनमा गम्भीर असर परिरहेको छ। यस रोग निसिखोला गाउँपालिकामा समेत विभिन्न माध्यमबाट फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। यसै क्रममा गाउँपालिकाले दादुरा महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म कुनै पनि प्रकारका मेला, महोत्सव तथा भीडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण स्थानीयवासीमा निसीखाेला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत जीवन पुनमगरले अनुरोध… पुरा पढौ

बागलुङमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

बागलुङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपभोक्ताको अधिकार, खाद्य स्वच्छता तथा उपभोग्य वस्तुको गुणस्तरबारे उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्। बागलुङको एकीकृत सेवा कार्यालयको आयोजनामा आइतबार भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गुणस्तर मापन यन्त्र र खाद्य प्रयोगशालाको अभावमा अनुमानका आधारमा मात्र अनुगमन भइरहेको बताउनुभयो। उहाँले तेल, दूध, मासु र तरकारीजस्ता खाद्य वस्तु हेरेर मात्र गुणस्तर मापन गर्न नसकिने स्पष्ट पार्नुभयो। कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका उप–प्रमुख राजु… पुरा पढौ

विश्व मृगौला दिवस राजधानीमा मनाइयो

काठमाडाै ।फागुन २८ स्वास्थ्य अभियान नेपालले हरेक वर्षझैँ यस वर्ष पनि विश्व मृगौला दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर बिश्व मृगौला दिवस मनाएको छ । अंग्रेजी महिनाको दोस्रो बिहीबार मनाइने विश्व मृगौला दिवस यस वर्ष मार्च १२ फागुन २८ गते मनाइएको हाे । आज बिश्व मृगौला दिवस मनाउँदै गर्दा नेपालमा पनि पछिल्लो समय अस्वस्थ खानपान तथा जीवनशैलीले मृगौला रोगी बढ्दै गइरहेका छन् । मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ ।आज विश्व मृगौला दिवस नेपालमा पनि… पुरा पढौ

निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी केही राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप (धातु, काठ वा अन्य सामग्रीबाट बनाइएका चिन्ह) प्रयोग गरेको भन्ने सूचना तथा गुनासा प्राप्त भएको जनाएको छ। यस्तो गतिविधिले जनमानसको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आयोगको ठहर छ। विज्ञप्तिमा कपडा, तुल, फ्लेक्स वा कागजमा छापेर… पुरा पढौ

बुटवलको सेमलारमा परोपकार कुञ्जधाम विस्तारका लागि महायज्ञ जारी

बुटवल, फागुन ८ – राष्ट्रिय परोपकार महासंघले बुटवल–१५, सेमलारमा परोपकार कुञ्जधाम विस्तारका लागि आयोजना गरेको “श्रीमद्भागवत धन–धान्याचल ज्ञान–महायज्ञ २०८२” आज पनि उत्साहपूर्वक जारी छ। हिजो उद्घाटन भएको महायज्ञमा श्रद्धालु भक्तजन र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। महायज्ञको कथा वाचनको पहिलो दिनमा महासंघका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष भागवत् भास्कर कमलनयन गौतमले श्रीमद्भागवत कथा प्रस्तुत गरिरहेका छन्। गुरूद्वारा दैनिक रूपमा संगीतमय शैलीमा हुने कथा वाचनले उपस्थित श्रद्धालुमा धार्मिक भक्ति र सेवा भाव अभिवृद्धि भइरहेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमहायज्ञ अवधिभर… पुरा पढौ

निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न महासंघको आग्रह

काठमाडौं, २०८२ फागुन ५ – नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ। महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचनका बेला मिथ्या सूचना र भ्रामक प्रचारमार्फत मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारहरूले जिम्मेवार र नैतिक पत्रकारिता गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अत्यन्त… पुरा पढौ

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा सम्पन्न भएको छ। कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य र IWC बुद्धनगरकी इन्दिरा प्रधानाङ्ग विद्या बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियोे । चेयरम्यान कमला श्रेष्ठले बैठक… पुरा पढौ

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन शुरू

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा शुरू भएको छ । कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य प्रस्तुति गर्नुभएको थियो । जिल्ला अध्यक्ष कमला श्रेष्ठले बैठक प्रारम्भको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा भएको… पुरा पढौ