
स्थानीय तहको निर्वाचनका सन्दर्भमा अब दुईमध्ये एउटा स्पष्ट बाटो रोज्नुपर्ने देखिन्छ , या त स्थानीय चुनावलाई दलीयरहित बनाउने, या रास्वपाले उम्मेदवार छनोटमा अत्यन्तै सुझबुझ, विवेक र संस्थागत गम्भीरता अपनाउने। ‘घण्टी’ चिह्नप्रतिको लोकप्रियताकै आधारमा जोसुकै उम्मेदवारलाई अघि सारेर निर्वाचित गराउनु स्थानीय लोकतन्त्र र पालिकावासीप्रतिको अन्याय हुनेछ।
उम्मेदवार छनोट गर्दा पार्टीले व्यक्तिको इमानदारी, सार्वजनिक जीवनप्रतिको निष्ठा, जनमत, स्थानीय मुद्दाको बुझाइ तथा परिणाममुखी काम गर्ने सामर्थ्यलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्छ। केवल चुनाव चिह्नको लोकप्रियताका आधारमा फेरि अक्षम जनप्रतिनिधि निर्वाचित हुने हो भने त्यसको प्रत्यक्ष मूल्य पालिकावासीले आगामी पाँच वर्षसम्म चुकाउनुपर्नेछ।
राजनीतिक प्रयोगका नाममा देशलाई थप पाँच वर्ष गुमाउने सुविधा रास्वपालाई कदापि छैन। अन्ततः प्राथमिकता एउटै हुनुपर्छ !! देशलाई राम्रो बनाउने , (बागलुङलाई राम्रो बनाउने)। बाँकी सबै कुरा गौण हुन्। “zero corruption & Right Man Right Place” यही नै Gen Z आन्दोलनको म्यान्डेट पनि हो। जय देश

सामाजिक संजाल फेसवुक मार्फत दिएको अभिब्यक्ति समसामयिक भएकोले केसी संग अनुमति लिएर हिड्न खबरमा साभार गरेको हाे ।









