वैशाख ५, २०८२ – तिलौराकोट, कपिलवस्तु :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक निवासस्थलको अवलोकन गरेका छन्। उनले सो क्षेत्रको संरक्षण, समृद्धि र पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी तराईका सबै क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको अध्ययन र विश्लेषण गरिरहेका छौं।” उनले तिलौराकोटलाई बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक स्थलका…
पुरा पढौ