
कैलाली, वैशाख १६
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित कार्यक्रममा दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ।
उहाँले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० की अनिशा थरूनीको शिक्षादेखि भविष्य निर्माणसम्मको जिम्मेवारी लिने घोषणा गर्नुभयो।
कार्यक्रममा प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै दुबै बालिकालाई झोला र पाठ्यसामग्री हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा पार्टी नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।









