बागलुङ, भदौ १५ लायन्स क्लब अफ निसीखोला बागलुङले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेर मनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे क्लबले जनाएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रहेको क्लबले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षरोपण अभियान सञ्चालन गरिएको हो। क्लबले स्थानीय समुदाय, समाजसेवी, युवा तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपेकाे जनाएको छ। क्लबका पदाधिकारीहरूले वृक्षरोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका…
पुरा पढौ